Nov 26, 2020
सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारण सभाको समुदघाटन (मिति २०७७/०८/११)
सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीले नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारण सभाको आज एक विशेष समारोहका बीच प्रधानमन्त्री निवास वालुवाटारमा समुदघाटन गर्नुभयो । 

समुदघाटन समारोहलाई संवोधन (मस्यौदा संवोधन) गर्नुहुंदै प्रधानमन्त्री ओलीले अवको चुनौतीपूर्ण घडीमा मुलुकको आर्थिक विकासलाई अगाडी बढाउन निजी क्षेत्रलाई आग्रह गर्नुभयो । निजी क्षेत्रको सर्वोच्च संस्था महासंघको मुलुुकको आर्थिक विकासमा निकै ठूलो योगदान रहेको चर्चा गर्नुहुंदै उहांले आफूले महासंघलाई सदैव उच्चस्थानमा राखेको पनि बताउनु भयो । 
वर्तमान कार्यकालसंग पनि सरकारले साझेदारीमा थुप्रै कार्य गरेको र आफूले सदैव एकैसाथ लगेको स्पष्ट पार्नुहुंदै प्रधानमन्त्री ओलीले कोभिडको अहिलेको चुनौतीपूर्ण खडीमा अव आउने नयां नेतृत्वसंग आगामी दिनमा सघन रुपमा आर्थिक सहकार्य गर्ने उद्घोष समेत गर्नुभयो । प्रधानमन्त्रीले महासंघका हालका वरिष्ठ उपाध्यक्ष एवं अवको नेतृत्वका अध्यक्ष श्री शेखर गोल्छाज्यूलाई बधाई समेत दिनुभयो ।

कार्यक्रममा सम्माननीय प्रधानमन्त्रीज्यूबाट महासंघको वर्तमान कार्यकालको गतिविधि समेटिएको पुस्तक FNCCI, The Tenure of 18th President को विमोचन गर्नुभयो । साथै प्रधानमन्त्रीबाट महासंघका पूर्व अध्यक्ष रविभक्त श्रेष्ठलाई सम्मानपत्र र पूर्व अध्यक्षहरु क्रमश: महेशलाल प्रधान, विनोद कुमार चौधरी, पद्य ज्योति, आनन्दराज मुल्मी, प्रदीपकुमार श्रेष्ठ, विनोद बहादुर श्रेष्ठ, चण्डिराज ढकाल, कुशकुमार जोशी, सुरज वैद्य, प्रदीपजंग पाण्डे र निवर्तमान पशुपति मुरारकालाई प्रशंसापत्रबाट सम्मानित गर्नुभयो भने निवर्तमान अध्यक्षलाई महासंघको पूर्व अध्यक्षको पीन पनि सो अवसरमा प्रदान गरियो । 

कार्यक्रममा महासंघको संघीय संरचना अनुसार प्रादेशिक आर्थिक विकास र निजी क्षेत्रको भूमिका बढाउन उल्लेख्य भूमिका निर्वाह गर्नुहुने महासंघको प्रदेश च्याप्टरका अध्यक्षहरु क्रमश: नरेन्द्रकुमार खडका, प्रदेश १, शिव शंकर साह हिरा, प्रदेश २, दिनेश श्रेष्ठ, वागमती प्रदेश, संजिव बहादुर कोइराला, गण्डकी प्रदेश, गुणनिधि तिवारी, लुम्विनी प्रदेश, पदम बहादुर साही कर्णाली प्रदेश र शंकर वोकटी, सुदूरपश्चिम प्रदेशलाई कदरपत्रबाट सम्मानित गरियो । साथै महासंघसंग नजिकमा रहेर कार्य गर्ने नेपालका लागि भारत, चीन, फ्रान्सका राजदूतहरु, अन्तराष्ट्रिय श्रम संगठन नेपाल कार्यालय, जीआइजेड नेपाल कार्यालय, ब्रिटिश काउन्सिललाई पनि कदरपत्रबाट सम्मानित गरियो ।  

त्यसैगरी ख वर्गबाट क वर्गमा स्तरोन्नती भएको रत्ननगर उद्योग वाणिज्य संघ, मुगु जिल्लाको आर्थिक व्यवसायिक विकासमा उल्लेख्य योगदान गरेवापत मुगु उद्योग वाणिज्य संघलाई पनि कदर पत्र प्रदान गरियो । त्यस्तै महासंघमा निरन्तर २५ वर्ष सेवा गर्ने कर्मचारीहरु क्रमश: उपनिर्देशक विष्णुराज ढकाल, अधिकृतहरु वावुराम निरौला, विन्दू श्रेष्ठ, विभुति प्रधान, कार्यालय सहयोगीहरु पित्तनारायण श्रेष्ठ र राधीका नेपालीलाई नगद सहित कदरपत्र प्रदान गरियो । त्यसैगरी मुलुकको उद्योग व्यवसाय र अर्थतन्त्र विषयमा कलम चलाउने आर्थिक पत्रकारहरुलाई पनि सम्मान गर्ने घोषणा सो अवसरमा गरियो । 

त्यसअघि महासंघका अध्यक्ष भवानी राणाले स्वागत मन्तव्य (यसैसाथ संलग्न) सहित उपस्थित सवैमा महासंघको तर्फबाट स्वागत गर्नुभयो । 

कार्यक्रमको अन्त्यमा महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले (यसैसाथ संलग्न) धन्यवाद मन्तव्य सहित कार्यक्रम समापनको घोषणा गर्नुभयो । कार्यक्रमको प्रारम्भमा महासंघको वर्तमान कार्यकालका गतिवधिहरु समेटिएको भिडियो प्रस्तुती समेत भएको थियो । 

वार्षिक साधाराण सभामा महासंघका पूर्व अध्यक्षहरु, प्रदेशका अध्यक्षहरु, विदेशी कुटनीतिक नियोगका पदाधिकारीहरु, दार्त निकायका प्रतिनिधिहरु, संचार माध्यमहरु र वार्षिक साधारणको समुदघाटनमा जुम मार्फत महासंघका सवै कार्यकारिणी समिति सदस्यहरु, मुख्य प्रतिनिधिहरु, संघ संघ संस्थाहरुको सहभागिता रहेको थियो । 

महासंघको वार्षिक साधारण सभा अन्तरगतको दोस्रो दिन भोली मंसीर १२ गते जुम मार्फत बन्दशत्र आयोजना हुने कार्यक्रम छ । बन्द शत्रमा महासंघको आन्तरिक छलफल एवं प्रतिवेदन पेश हुनुको साथै महासंघका अध्यक्षबाट संवोधन हुने छ भने बैठकमा वरिष्ठ उपाध्यक्ष र उपाध्यक्षहरुका उमेदवारहरुबाट नीतिगत मन्तव्य दिने कार्यक्रम छ । त्यसैगरी मंसीर १३ गते विहानबाट महासंघको आगामी कार्यकालका लागि निर्वाचन हुने कार्यक्रम छ । 


For more photos: https://photos.app.goo.gl/M26UZwbK6PJ7JuJm9


 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by