Nov 27, 2019
१६ औं सस्करणको लेखनाथ महोत्सवको तयारी तिव्र 

२०७६ मंसिर ११

समग्र गण्डकी प्रदेश कै आर्थीक, समाजिक तथा शैक्षीक बिकासमा सहयोग पुर्‍याउने उदेस्यले पौष ३ गते देखि संचालन हुने १६ औं सस्करणको लेखनाथ महोत्सवको तयारी तिव्र रुपमा अगाडी  वढेको छ ।

महोत्सव लेखनाथको संस्कृति स्थानीय उत्पादन विकास र संबृद्धि भन्ने नारालाई सार्थक रुप दिनका लागि आयोजना गरिएको महोत्सवका बारेमा जानकारी दिने उदेस्यले बुधवार राखिएको पत्रकार सम्मेलनमा तयारी तिब्र रुपमा अगाडी वढेको र अहिले सम्म महोत्सवमा राखिने तीन सय ३६ स्टल मध्य ६० प्रतिशत स्टलहरु बुकिड्ड भईसकेको जानकारी गराईएको हो ।

दैनिक जसो राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुती रहने महोत्सवमा बाल उद्यान, खाना महोत्सव, राष्ट्रिय लोक दोहोरी कार्यक्रम, स्थानिय उत्पादन तथा कृषी प्रदर्शनी, हस्तकला, मेशिनरी, कर्पोरेट, अटो, जनरल, फेन्सी, गार्मेन्ट, डेरी र फुड फेस्टिवलका स्टलहरु रहने प्रचार प्रसार उप समितिका संयोजक उपेन्द्रराज सुवेदीले जानकारी  गराएका थिए ।

लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजना तथा गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको सहआयोजना तथा विभिन्न संघ संस्थाहरुको सहयोग र सहभागितामा हुन लागेको महोत्सवमा करिव दुई लाख ५० हजार दर्शक र १२ देखि १५ करोड बरावरको आर्थीक कारोवार हुन सक्ने अनुमान आयोजकहरुले गरेका छन् ।

महोत्सवमा करिव एक करोड ३० लाख आम्दानी भई एक करोड १० लाख खर्च हुने अनुमान गरिएको छ भने बचत हुन आएको रकमबाट प्रदर्शनी स्थलको स्तर उन्नती, शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन लगायतका सामाजिक कार्यमा खर्च गरिने बताईएको छ ।

महोत्सवलाई ब्यवस्थीत र प्रभावकारी तरिकाले संचालन गर्नका लागि आठ सदस्यीय निर्देशक समिति, २७ सदस्यीय सल्लाहकार समिति, विभिन्न उप समिति र कार्यसम्पादन समिति गठन गरि तयारीलाई अगाडी वढाईएको छ ।

लेखनाथको तालचोकमा संचालन हुने महोत्सवले विशेष गरि औद्योगिक उत्पादन तथा हस्तकलाका सामानहरुको बजारीकरण, सोको पहिचान, स्थानीय उत्पादन, लघु, घरेलु तथा साना उद्योगहरुको प्रवर्द्धन, आवश्यक ज्ञान, सिप, उद्यमशिलता र प्रविधि हस्तान्तरण, राष्ट्रिय तथा अन्तराष्ट्रिय मुलुकहरुमा उत्पादित औद्योगिक एवं दैनिक उपभोग्य वस्तु तथा सेवाहरुको प्रवर्द्धन, जातीय भेषभुषा, कला संस्कृति, रितिरिवाजको जगेर्ना गर्ने उदेश्य राखेको छ ।
 
त्यसैगरि महोत्सवले आन्तरिक एवं वाहृय पर्यटकलाई आकर्षण गर्दै नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण बर्ष २०२० लाई पनि सफल बनाउन सहयोग पुर्याउने लक्ष्य राखेको छ ।
 
आयोजक सस्था लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष बलराम ढकालको अध्यक्षतामा भएको कार्यक्रममा मुख्य प्रयोजक एड्भान्स ग्रुपको एड्भान्स सिमेन्टका विक्रि प्रतिनिधी राजेन्द्र ओझा, पर्यटन बोर्ड पोखराका प्रमुख काशीनाथ भण्डारी लगाएतले महोत्सवलाई सफल पार्न सबै क्षेत्रको साथ र सहयोग आवस्यक पर्ने सुझाव राखेका थिए ।

संघका महासचिव गोपिचन्द्र बास्तोलाले संचालन गरेको कार्यक्रममा धन्यवाद ज्ञापन बरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेयले गरेका थिए ।
 

 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by