Nov 24, 2026
२०८३ मंसिर ८ गते, मंगलबार
सम्माननीय प्रधानमन्त्री श्री बालेन्द्र शाहज्यूको २०२६ नोभेम्बर २२–२३ मा भारतको नयाँ दिल्लीमा सम्पन्न राजकीय भ्रमणको क्रममा भएको भेटवार्ता तथा द्विपक्षीय छलफलमा नेपाल र भारत बीच पारवहन, रेलमार्ग, समुद्री बन्दरगाह तथा हवाई कनेक्टिभिटी विस्तारका विषयमा भएका महत्वपूर्ण सहमतिहरुलाई नेपाल फ्रेट फरवार्डरस एशोसिएसन हार्दिक स्वागत गर्दछ । दुई देश बीचको ऐतिहासिक, सामाजिक तथा आर्थिक सम्बन्धलाई थप मजबुत बनाउँदै व्यापार, पारवहन र यातायात पूर्वाधारको विकास मार्फत आर्थिक सहकार्य विस्तार गर्ने उद्देश्यले भएका यी सहमतिहरु नेपालको वैदेशिक व्यापार तथा समग्र आर्थिक विकासका लागि महत्वपूर्ण उपलब्धि हुने एशोसिएसनको विश्वास छ ।
विशेषगरी नेपालको तेस्रो मुलुक सँगको अन्र्तराष्ट्रिय व्यापारलाई थप सहज, प्रतिस्पर्धी र प्रभावकारी बनाउन भारतको गुजरात स्थित दीनदयाल (कान्डला) बन्दरगाह र आवश्यक पूर्वाधार तयार भए पछि ओडिशा स्थित पारादीप बन्दरगाह समेत प्रयोग गर्न सकिने घोषणाले नेपालको वैदेशिक व्यापारमा नयाँ सम्भावनाहरु सिर्जना गर्ने अपेक्षा गरिएको छ । यसबाट नेपाललाई समुद्री बन्दरगाहको विकल्प विस्तार हुनुका साथै अन्र्तराष्ट्रिय व्यापारका लागि थप पारवहन मार्ग उपलब्ध हुने र भविष्यमा ढुवानी समय, लागत तथा आपूर्ति व्यवस्थापनमा सकारात्मक प्रभाव पर्ने विश्वास लिइएको
छ । यसलाई संचालनमा ल्याउन आवश्यक कार्यविधि तथा पारवहन संधिको प्रोटोकल संशोधन तदारुक्ताका साथ सम्पन्न हुनेमा विश्वस्त छौं ।
त्यसैगरी, प्रस्तावित रक्सौल–काठमाडौं विद्युतीय ब्रोडगेज रेलमार्गको अन्तिम स्थान सर्वेक्षण सम्पन्न भएको घोषणा तथा नेपालको पूर्व–पश्चिम रेलमार्ग विकासमा सहकार्य गर्ने सहमतिले नेपालको दीर्घकालीन यातायात तथा लजिस्टिक्स पूर्वाधार विकासका लागि महत्वपूर्ण आधार तयार गरेको छ । रेलमार्गको विकास र विस्तारले भविष्यमा ठूलो परिमाणमा मालसामान ढुवानी गर्न सहज बनाउनुका साथै सडक यातायात माथिको निर्भरता घटाउन, ढुवानी लागत न्यूनीकरण गर्न र नेपालको व्यापारिक प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
यसैगरी, काठमाडौं–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी बनाउने सहमति पनि हवाई कनेक्टिभिटी विस्तारका दृष्टिले सकारात्मक कदम हो । यसले गौतम बुद्ध अन्र्तराष्ट्रिय विमानस्थल मार्पmत अन्र्तराष्ट्रिय हवाई सम्पर्क विस्तार गर्न सहयोग पु¥याउनुका साथै भविष्यमा हवाई कार्गाे तथा व्यापारिक गतिविधि प्रवद्र्धनका लागि समेत अनुकूल वातावरण निर्माण गर्न सक्नेछ ।
यी सहमतिहरुको प्रभावकारी कार्यान्वयनले नेपालको अन्र्तराष्ट्रिय व्यापारमा नयाँ अवसरहरु सिर्जना गर्नुका साथै लजिस्टिक्स लागत घटाउन, व्यापार प्रक्रियालाई सरल बनाउन, निर्यात प्रवद्र्धन गर्न, औद्योगिक उत्पादनको प्रतिस्पर्धात्मक क्षमता बढाउन र वैदेशिक लगानीका लागि अनुकूल वातावरण निर्माण गर्न महत्वपूर्ण योगदान पु¥याउन सक्छ । यसका लागि नेपाल सरकार तथा सम्बन्धित निकायहरुले द्विपक्षीय सहमतिहरुलाई समयमै व्यवहारमा उतार्न आवश्यक नीतिगत, कानुनी तथा प्राविधिक प्रक्रिया अगाडि बढाउनुका साथै पारवहन सम्बन्धी विद्यमान प्रक्रियाहरुलाई थप सरल, पारदर्शी र व्यवसाय मैत्री बनाउन विशेष पहल गर्नुपर्ने देखिन्छ । साथै, निजी क्षेत्र तथा यस क्षेत्रका सरोकारवालाहरु सँग आवश्यक समन्वय र परामर्श गर्दै कार्यान्वयनका क्रममा देखिन सक्ने व्यावहारिक समस्याहरुको समाधान गर्न पनि एशोसिएसन आग्रह गर्दछ ।