Nov 24, 2019
भारतिय साईकल यात्रीलाई उवासंघ - चितवनमा स्वागत
मंसीर ८, चितवन । 

भारतिय साईकल यात्रीको टोलीलाई उद्योग वाणिज्य संघ-चितवनमा एक कार्यक्रमको आयोजना गरि स्वागत गरिएको छ । भारतको कोटा देखी नेपालको काठमांडौ सम्म १३१२ कि.मि. साईकल याक्रा गर्ने त्रममा चितवनमा आइपुगेको टोलीलाई उद्योग वाणिज्य संघ - चितवनमा स्वागत गरिएको हो । टोलीलाई स्वागत गर्दै उद्योग वाणिज्य संघ - चितवनका अध्यक्ष सहनलाल प्रधानले नेपाल भ्रमण बर्ष २०२० को पूर्वसन्ध्यामा आयोजना गरिएको उक्त साईकल यात्राले दुवै देशको पर्यटन प्रबर्द्धन गर्नमा सहयोग पुग्नुका साथै दुई देश बिचको भातृत्व विकासमा योगदान पुग्ने अपेक्षा ब्यक्त गर्दै अभियानको सफलताको शुभकामना ब्यक्त गर्नु भयो । अभियानकर्ता लाई स्वागत गर्दै अध्यक्ष प्रधानले साईकल यात्राले मानविय स्वास्थ्यका हिसावले मात्र नभई सम्बन्ध विस्तारमा समेत सहयोग पुग्ने बताउनु भयो । उहांले बर्ष २०२० मा नेपाल भ्रमण गर्नका लागि भारतिय नागरिकहरुलाई सन्देश प्रवाह गर्न समेत अनुरोध गर्नु भयो ।  भारतको राजस्थानको कोटाबाट यात्रा शुरु गरेका ८ जना साईकल यात्रीको नेतृत्व गरेका डा. गिरिश शर्माले अभियानले भारत र एसियाली रेकर्ड राख्ने बताउनु भयो । कार्यक्रममा गिरिशले नेपाल र भारत बिच भातृत्व विकास, एकता र वातावरण सम्बर्द्धन गर्ने मूल सन्देश प्रवाह गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको बताउनु भयो । साईकल यात्रीको टोली भरतपुर - चितवन, मुग्लिङ हुंदै काठमांडौ सम्मको याक्रा गर्ने त्रममा ईन्डो-नेपाल एक्सपेडिसन २०१९ अर्न्तगत ऊवासंघमा स्वागत कार्यक्रमको आयोजना गरिएको संघका कार्यत्रम अधिकृत निलबहादुर के.सीले बताउनु भयो । कार्यक्रममा उद्योग वाणिज्य संघ-चितवनका पदाधिकारी, कार्यसमिति सदस्य , चितवन राईडर्स क्लवका अध्यक्ष नविन खरेल लगायत उवासंघ-चितवनका कर्मचारीको उपस्थिति रहेको थियो । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by