Nov 18, 2019
कर दिवसको अवसरमा ऊवासंघ-चितवनको अन्तरक्रिया कार्यत्रम

मंसीर २, भरतपुर । 
उद्योग वाणिज्य संघ-चितवनको सभाहलमा मंसीर २ गतेका दिन एक दिवसिय कर,आयकर,अन्तशुल्क , कर तथा राजश्व नीति, बिधि र फ्रक्रिया लगायतका विषयमा एक अन्तरत्रिया कार्यक्रम सम्पन्न भएको छ । आठौं राष्ट्रिय कर दिवसको अवसरमा उद्योग वाणिज्य संघ-चितवन र आन्तरिक राजश्व कार्यालय चितवनको संयुक्त आयोजनामा गरिएको ऊक्त कार्यत्रममा सहभागि उद्यमी व्यवसायीहरुले कर, मूल्य अभिबृद्धी कर तथा अन्तशुल्कका वारेमा जानकारी लिएका थिए ।   

कार्यक्रममा उपस्थित सहभागिहरुलाई सम्बोधन गर्दै उद्योग वाणिज्य संघ-चितवनका अध्यक्ष सहनलाल प्रधानले व्यवसायीहरु राज्यले तय गरेको कर तिर्ने सम्बन्धमा कहिल्यै विरोधी नभएको तर कर तिर्ने प्रक्रिया र यसको पारदर्शिता लगायत कर व्यवसायमैत्री हुनुपर्नेमा आवाज उठाउंदै आएको बताउनु  भयो । कार्यक्रममा अध्यक्ष प्रधानले राज्यले अंगिकार गरेको सुखी नेपाली संमृद्ध नेपालको  नारालाई साकार पार्न निजी क्षेत्रको अतुलनिय योगदान रहने बताउंदै सरकारले कर तथा राजश्व नीति तय गर्दा निजी क्षेत्रको प्रत्यक्ष सहभागितामा गर्नुपर्ने बताउनु भयो । साथै उहाँले करमा बृद्धी भन्दा पनि करको दायरा फराकिलो बनाउनु पर्नेमा जोड दिनु भयो । उहांले सहभागिलाई सम्बोधन गर्दै कर सम्बन्धि थप कार्यक्रमहरु आवस्यक भएमा संघले सञ्चालन गर्ने बताउनु भयो । 

उद्योग वाणिज्य संघ-चितवनका कार्यसमिति सदस्य, वस्तुगत संघका अध्यक्ष, प्रतिनिधि,सदस्य, उद्यमी व्यवसायी गरि करिव १५० जनाको सहभागिता रहेको उद्योग वाणिज्य संघ-चितवनका कार्यक्रम अधिकृत निलबहादुर केसीले जानकारी दिनुभयो । ऊक्त कार्यत्रममा आन्तरिक राजश्व कार्यालयका कर अधिकृत त्रय धनिश्वर अर्याल, आनन्द गुप्ता र संजय सरदारले सहजीकरण गर्नु भएको थियो । उद्योग वाणिज्य संघ-चितवनका  अध्यक्ष सहनलाल प्रधानको अध्यक्षता, उवासंघ-चितवनका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठको धन्यवाद ज्ञापन सहित सम्पन्न झएको अन्तरक्रिया कार्यत्रम संघका कार्यकारी निर्देशक गौरव खतिवडाले  सञ्चालन गर्नुभएको थियो । राष्ट्रिय कर दिवस तथा कर सप्ताहको अवसरमा मंसिर १ गते संघको समन्वयमा संघको सचिवालयबाट प्रभात फेरी कार्यक्रम पनि सम्पन्न गरिएको थियो ।
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by