Nov 08, 2019

पोखरा महानगरपालिका २७, तालचोकमा रहेको लेकसिटी मिनी मार्केटमा मिति २०७६ कार्तिक २१ गते विहिवार राती भएको भीषण आगलागीबाट लेखनाथ उद्योग वाणिज्य संघका सदस्य तथा अन्य व्यवसायीक फर्महरुमा भएको आर्थिक तथा भौतिक क्षतिप्रति यस संघ गहिरो दुःख व्यक्त गर्दछ ।
 
आगलागीले संघका सदस्यहरु शुभकामना इलेक्ट्रिकल्स (प्रोपाइटर मनोज अधिकारी), लेकसिटि मिनी मार्केट  (संचालक दयाराम तिवारी, कृष्णप्रसाद तिवारी, शोभाकुमारी तिवारी) र त्यहाँ संचालनमा रहेका अन्य सवै व्यवसायीक फर्महरुमा करौडौंको क्षति भएको प्रारभिक अनुमान गरिएको छ ।
 
आकस्मिक रुपमा यस्ता आगजनीपूर्ण भवितव्य कुनै पनि समयमा हुनसक्ने भएका कारण पोखरा महानगरपालिकाको एउटा ठूलो भुभाग ओगटेको यस लेखनाथ क्षेत्रमा छुट्टै रुपमा दमकलको व्यवस्था गर्न पोखरा महानगरपालिकासँग यस संघ हार्दिक अनुरोध गर्दछ ।
 
अतः लेखनाथ उद्योग वाणिज्य संघ यस्ता विपत्तिबाट हुने क्षति कम गर्न र विपत्तिको समयमा यथासिघ्र सहयोग पुर्याउनका लागि आवश्यक व्यवस्था मिलाउन सरोकारवाला निकायहरुमा हार्दिक अनुरोध गर्दै आगलागीबाट पीडितहरुलाई आ आफ्नो क्षेत्रबाट सघाउन र यथोचित क्षतिपूर्तिको प्रवन्ध मिलाउनको लागि जोडदार माग गर्दछ ।
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by