Nov 04, 2019
श्रीलंकाको सिलोन चेम्वर अफ कमर्स र उवासंघ-चितवन बिच समझदारी पत्रमा हस्ताक्षर ।

कार्तिक १८ गते । 

उद्योग वाणिज्य संघ-चितवन र श्रीलंका स्थित सिलोन चेम्वर अफ कमर्स बिच आज एक कार्यक्रमका बिच समझदारी पक्रमा हस्ताक्षर कार्यत्रम सम्पन्न भएको छ । उद्योग वाणिज्य संघ-चितवनका तर्फबाट अध्यक्ष सहनलाल प्रधान र सिलोन चेम्बर अफ कमर्सका तर्फबाट सिलोन चेम्वरका उपाध्यक्ष भिस गोवन्दिास्वमीले हस्ताक्षर गर्नुभएको हो । हस्ताक्षर कार्यक्रममा बोल्दै अध्यक्ष प्रधानले दुई सहर र दुई देस विचको व्यवसायिक सम्बन्ध र  व्यवसाय प्रबर्द्धनमा महत्वपूर्ण समयको शुरुवात भएको बताउनु भयो । समझदारी बमोजिम दुई देशका उवासंघहरूले द्विराष्ट्रिय व्यवसायिक प्रबर्द्धनका लागि बिभिन्न कार्यक्रम आयोजना गर्ने, प्रबिधि साटासाट तथा हस्तान्तरण, प्राबिधिक सहयोग गर्ने,  अध्ययन अवलोक भ्रमण, तालिम ,सेमिनारको आयोजना गर्ने, पूर्वाधार विकासका लागि आ-आफ्नो सरकार मार्फत पहल गर्ने, लगायतका बुंदाहरू भएको संघका कार्यक्रम अधिकृत निलबहादुर केसीले जानकारी दिनुभयो । सोहि कार्यक्रममा उवासंघ-चितवनका अध्यक्ष सहनलाल प्रधानले नेपाल भ्रमणका लागि श्रीलंकाका जनताहरूलाई अपिल गर्दै दुई देश बिचको धार्मिक, सामाजिक, प्राकृतिक तथा आत्मिय घनिष्ठता सम्बन्धी प्रकाश पार्नु भएको थियो । कार्यक्रममा सिलोन चेम्वरको तर्फबाट छिटैनै एक टोलि नेपाल भ्रमणका लागि आउन लागेको अध्यक्ष प्रधानले जानकारी दिनुभयो । 

समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यत्रम पश्चात दुई देशका व्यवसायीहरू बिच एक विटुवि वैठक सम्पन्न भएको छ । सयौं व्यवसायीहरूको सहभागिता रहेको उक्त वैठकमा संघका अध्यक्ष सहनलाल प्रधानले सम्बोधन गर्नुका साथै उद्योग वाणिज्य संघ-चितवनको तर्फबाट संघका विशिष्ट कार्यसमिति सदस्य डा. होमवहादुर बस्नेतले कार्यपत्र प्रस्तुत गर्नूभएको थियो । वैठकमा सहभागीहरूले चितवनको शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन क्षेत्रमा लगानी गर्न अनुरोध गरेका थिए । नेपाल भ्रमण बर्ष २०२० लाई मध्येनजर राखि भ्रमण बर्षको समेत प्रचार प्रसार र प्रबर्द्धन गर्ने उद्देश्यले उद्योग वाणिज्य संघ-चितवन गत हप्ता देखि श्रीलंकाको भ्रमणमा रहेको संघका कार्यकारी निर्देशक गौरव खतिवडाले जानकारी दिनु भयो । 

संघका अध्यक्ष सहनलाल प्रधानको नेतृत्वमा उवासंघका कार्यसमिति, पूर्व अध्यक्ष , नेउवामहासंघका केन्द्रिय सदस्य लगायतका ३२ जना व्यवसायीहरूको उक्त टोलिमा सहभागिता रहेको छ । निजी क्षेत्रको तर्फबाट श्रीलंकामा यसरी सम्बन्ध स्थापित गर्ने उद्योग वाणिज्य संघ चितवन पहिलो र एक मात्र संघ भएको अध्यक्ष प्रधानले बताउनु भयो । 

नेपाल स्थित श्रीलंकाको दुतावासको पहल र श्रीलंका स्थित सिलोन चेम्वरको निमन्त्रणामा सम्पन्न हुन लागेको उक्त अध्ययन अवलोकन भ्रमण टोली यहि कार्तिक २० गने नेपाल फर्कने कार्यक्रम तय भएको अध्ययन, अवलोकन भ्रमण कार्यक्रमका संयोजक तारानाथ पाठकले जानकारी दिनुभयो । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by