Oct 30, 2019
उवासंघ-चितवनको टोली श्रीलंका प्रस्थान
कार्तिक १३, चितवन । 

उद्योग वाणिज्य संघ-चितवनको एक टोली श्रीलंकाको अध्ययन अवलोकन भ्रमणको लागि आज त्यस तर्फ प्रस्थान गरेको छ । नेपाल भ्रमण बर्ष २०२० को पूर्वसन्ध्यामा नेपाल भ्रमणबर्षको प्रचार प्रसार तथा श्रीलंका स्थित उवासंघहरु र औद्योगिक प्रतिष्ठान एवं पर्यटकिय स्थलको अध्ययन अवलोकन गर्ने उद्देश्यले ऊक्त कार्यक्रमको आयोजना गरिएको हो ।

भ्रमण टोलीलाई बिदाई गर्दै संघका पूर्वअध्यक्ष डा. तिलचन्द्र भट्टराईले दुई देश बिचको व्यवसायिक सम्बन्ध विस्तार गर्नमा भ्रमण कार्यक्रमले सहयोग पुग्ने अपेक्षा ब्यक्त गर्नु भयो । 

टोलीलाई विदाई गर्दै उद्योग वाणिज्य संघ-चितवनका वरिष्ट उपाध्यक्ष चुननारायण श्रेष्ठले भ्रमण कार्यक्रमले श्रीलंकाका व्यवसायी र नेपालका व्यवसायी बिच व्यवसायीक सम्बन्ध विस्तारको कोसेढुंगा स्थापना गर्नमा सहयोग पुग्ने आशा ब्यक्त गर्दै भ्रमणको सफलताको कामना गर्नु भयो । 

एक हप्ता सम्म श्रीलंकाको अध्ययन अवलोकन भ्रमणका लागि श्रीलंका प्रस्थान गरेको उक्त टोलीले नोभेम्वर ४ तारिकका दिन विटुवि वैठकमा समेत सहभागिता जनाउनुका साथै श्रीलंका स्थित सिलोन च्याम्वर अफ कमर्स र उवासंघ-चितवन विच समझदारी पक्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको संघका अध्यक्ष सहनलाल प्रधानले जानकारी दिनु भयो । संघका अध्यक्ष सहनलाल प्रधानको नेतृत्वमा संघका पूर्व अध्यक्ष एवं नेउवामहासंघका कार्यकारिणी समिति सदस्य कल्याण जोशी, प्रथम उपाध्यक्ष सुमन कुमार श्रेष्ठ, दित्तिय एवं तृतिय उपाध्यक्ष क्रमश चिरञ्जिवि सुवेदी र भोजराज कौडाल लगायत कार्यसमिति सदस्य गरि ३३ जना सदस्य रहेका छन् । 

नेपाल स्थित श्रीलंकाको दुतावासको पहल एवं सिलोन चेम्वर अफ कमर्सको निमन्त्रणामा उक्त झ्रमण कार्यक्रम आयोजना गरिएको  संघका कार्यत्रम अधिकृत निलबहादुर केसीले जानकारी दिनु भयो । टोलीलाई संघका पूर्वअध्यक्ष के.एल भुषणले फुलमाला र टिका लगाएर विदाई गर्नु भएको थियो । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by