Sep 17, 2019
उवासंघ-चितवनद्वारा भरतपुर अस्पताललाई डेंगु किट हस्तान्तरण

३१ भाद्र/चितवन ।

उद्योग वाणिज्य संघ चितवनले मंगलबार एक कार्यक्रमका विच भरतपुर अस्पताललाई डेंगु परिक्षण किट हस्तान्तरण गरेको छ । अस्पताल परिषरमा आयोजित कार्यक्रममा संघका अध्यक्ष सहनलाल प्रधानले भरतपुर अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेण्ट प्रकाश खतिवडालाई पाँच सय वटा डेंगु किट हस्तान्तरण गर्नु भएको हो ।

कार्यक्रममा वोल्दै प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी जितेन्द्र वस्नेतले पछिल्लो समय चितवनमा डेंगुको प्रकोप फैलिएकोले सतर्क हुन आग्रह गर्नु भयो । डेंगु नियन्त्रणको लागि स्वास्थ्यकर्मीको मात्रै एक प्रयासले सम्भव नहुने वताउँदै वस्नेतले त्यसका लागि सरोकारवाला निकायको सहकार्य आवश्यक रहेको वताउनु भयो । डेंगु रोग नियन्त्रणको लागि निजी क्षेत्र र सामाजिक संघ सस्थाहरुको पनि महत्वपुर्ण भूमिका हुने वताउँदै उहाले विरामी नहुँदै घर घरमा सरसफाई गर्ने हो भने अस्पताल जानै नपर्ने वताउनु भयो । 

कार्यक्रममा वोल्दै उद्योग वाणिज्य संघ- चितवनका अध्यक्ष सहनलाल प्रधानले उद्योगी व्यवसायीहरु नाफा घाटामा मात्रै केन्द्रित हुन्छन् भन्ने आरोप चिर्न सामाजिक उत्तरदायीत्व अन्तरगत संघले भरतपुर अस्पताललाई डेंगु किट हस्तान्तरण गरेको वताउनु भयो । व्यवसायीहरु समाजिक काममा पनि उक्तिकै त्रियाशिल रहेको वताउँदै संघले हस्तान्तरण गरेको डेंगु परिक्षण किटको सहि सदुपयोग हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा अध्यक्ष प्रधानले आगामी दिनमा पनि डेंगुको संक्रमण कम नभए फेरि पनि आवश्यक सहयोगको लागि संघ तयार रहेको जानकारी दिनुभयो । कार्यक्रममा अध्यक्ष प्रधानले उवासंघ-चितवनले जिल्लाको शिक्षा, स्वास्थ्य, कृषी र पर्यटनको विकासमा आफ्ना गतिविधिहरलाई केन्द्रित गर्दै आइरहेको बताउंदै स्वास्थ्य क्षेत्र अझ बढि सम्वेदनशिल भएकोले आगामी दिनहरुमा पनि यस किसिमका कार्यक्रमहरु आयोजना गर्ने बताउनु भयो । उहांले नेपाल भ्रमण वर्ष २०२०को पूर्व सन्ध्यामा देखिएको डेंगु प्रकोपलाई समयमै नियन्त्रण गरि राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा नेपाल सुरक्षित छ भन्ने सन्देश फैलाउनुपर्ने बताउनु भयो । 

कार्यक्रममा भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा. भोजराज अधिकारीले चितवनमा डेंगुको अवस्था, वच्ने उपाय र उपचारको वारेमा जानकारी गराउन भएको थियो । चितवनमा डेंगु रोगको संक्रमण सोचेभन्दा धेरै क्षेत्रमा फैलिए पनि नियन्त्रण वाहिर नगएको वताउनु भयो । पछिल्लो समय डेंगुको संक्रमण संगै जनता जागरुक भएको वताउँदै उहाले ज्वरो आउँदा घरमै सिटामोल खाएर वस्ने मान्छे अहिले ज्वरो आएकै दिन चिकित्सकको सम्पर्कमा आउने गरेको वताउनु भयो । सवै प्रकारको डेंगु खतरनाक नभएको वताउँदै उहाले डेंगु नियन्क्रण गर्न व्यत्तिगत सुरक्षा र जनचेतनाको विकल्प नभएको वताउनु भयो । दैनिक डेंगु रोगको प्रकोप बढिरहेको तर अस्पतालमा किटको संख्या ज्यादै न्यून भएको पाइएकोले सर्वसाधारणको स्वास्थ्यलाई मध्येनजर गरि डेंगु किट वितरण गरिएको उवासंघका कार्यसमिति सदस्य एवं स्वास्थ्य समितिका संयोजक सिरिष पन्तले बताउनु भयो । 
 
कार्यक्रममा स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारी, भरतपुर अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेण्ट डा. प्रकाश खतिवडा, भरतपुर अस्पतालका पुर्व मेडिकल सुपरिटेन्डेण्ट एवं उवासंघ चितवनका विशिष्ठ सदस्य डा. कृष्ण पौडेल लगायतले डेंगु, यसबाट बच्ने उपाय र पुर्व तयारीका वारेमा  वोल्नु भएको संघका कार्यक्रम अधिकृत निलबहादुर केसीले जानकारी दिनु भयो  । कार्यक्रम संघका अध्यक्ष सहनलाल प्रधानको अध्यक्षतामा सम्पन्न भएको थियो । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by