Mar 11, 2019
आन्तरिक पर्यटन प्रबर्द्धनमा उवासंघ-चितवन

उद्योग वाणिज्य संघ - चितवनले चितवन जिल्लाको पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले आफ्ना गतिबिधिहरुलाई जिल्लाका पर्यटकिय स्थलहरुमा केन्द्रित गर्न शुरु गरेको छ । यसै सन्दर्भमा उद्योग वाणिज्य संघ - चितवनको नियमित १५ औं वैठक तथा स्पर्यटन प्रबर्द्धन सम्बन्धि छलफल कार्यक्रम ईच्छाकामना गाउपालिकाको ईच्छाकामना मन्दिरमा आयोजना गरेको हो । चितवन जिल्लाका ७ वटै स्थानिय निकायहरुमा आन्तरिक तथा वाहृय पर्यटकहरुका लागि मनोरम दृष्यहरु लगायत अनुषन्धनात्मक स्थलहरु रहेको तर यिनिहरुको प्रचार प्रसार हुन नसकेकोले आसातित रुपमा पर्यटन प्रबर्द्धन हुन नसकेको अवस्थामा यस किसिमका गतिविधिहरुले पर्यटन प्रबर्द्धनमा सहयोग पुग्ने उद्योग वाणिज्य संघ - चितवनका अध्यक्ष सहनलाल प्रधानले बताउनु भयो । संघले ईच्छाकामना गाउंपालिका पनि पर्यटकिय हिसावले महत्वपूर्ण स्थान भएकोले यस क्षेत्रमा आन्तरिक पर्यटनको विकास गर्ने धारणाले आफ्नो वैठक तथा अध्ययन अवलोकन कार्यक्रम यहां सञ्चालन गरेको बताउनु भयो । संघको नियमित वैठक पश्चात संघका अध्यक्ष सहनलाल प्रधानको नेतृत्वमा ईच्छाकामना गाउपालिकाका लामो झरना, लोक गुफा लगायतका बिभिन्न पर्यटकिय स्थलहरुको अवलोकन गरेको छ । यसै गरि संघले सार्वजनिक निजी साझेदारी कार्यक्रम अर्न्तगत स्थानिय निकाय संग मिलेर पर्यटन प्रबर्द्धन सम्बन्धि के कस्ता कार्यक्रमहरु गर्न सकिन्छ भन्ने सन्दर्भमा ईच्छाकामना उद्योग वाणिज्य संघ संग पनि छलफल कार्यक्रम सम्पन्न गरेको छ । उक्त छलफल कार्यक्रममा नेपाल भ्रमण बर्ष २०२० लाई प्रबर्द्धन गर्नका लागि वार्षिक कार्ययोजना तय गरि पर्यटन प्रबर्द्धन सम्बन्धि बिभिन्न कार्यक्रमहरु संचालन गर्ने वारेमा वहस भएको थियो । चितवन जिल्ला पर्यटकिय गन्तब्यको रुपमा नेपालको तस्रो स्थानमा भए पनि सम्भावनाको हिसावले यो जिल्ला दोश्रो स्थानमा ल्याउन सकिने हुनाले यसका लागि आन्तरिक पर्यटन प्रबर्द्धन गर्न आवश्यक भएको संघका पर्यटन प्रबर्द्धन समितिका संयोजक अशोक अधिकारीले बताउनु भयो । पर्यटन प्रबर्द्धन गर्ने सवालमा संघले चितवन महोत्सव २०७५को अवसरमा ७ वटै स्थानिय निकायमा अवस्थित बिभिन्न ५० स्थानहरुको विवरण सहितको पर्यटन गाईडबुक प्रकाशन गरेको छ । आन्तरिक पर्यटनलाई प्रबर्द्धन गर्ने सन्दर्भमा ससंघका आगामी गतिविधिहरु अन्य पर्यटकिय स्थलहरुमा समेत आयोजना गरि प्रचार प्रसार गर्ने कार्यक्रम रहेको संघका अध्यक्ष सहनलाल प्रधानले बताउनु भयो ।आन्तरिक पर्यटनको प्रबर्द्धन मार्फत वाहृय पर्यटन समेत आकर्षित गर्दै आन्तरिक आर्थिक गतिविधिलाई चलायमान बनाउनका लागि यस किसिमका कार्यक्रमहरु उपलब्धिमूलक हुने संघका कार्यक्रम अधिकृत निलबहादुर केसीले जानकारी दिनु भयो ।

 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by