Mar 06, 2017
नेपाल उद्योग वाणिज्य महासंघद्वारा आध्यात्मिक गुरु श्री श्री रवि शंकरसंग कार्यक्रम आयोजना (२०७३/११/२३)

नेपाल उद्योग वाणिज्य महासंघद्वारा आध्यात्मिक गुरु श्री श्री रवि शंकरसंग हिजो काठमाडौंमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गर्यो । "म्यानेजमेन्ट मन्त्र" विषयक सो कार्यक्रममा महासंघको कार्यकारिणी समितिका सदस्यहरु, पूर्व अध्यक्ष्यहरु, प्रतिष्ठित उद्यमी व्यवसायीहरुको ठूलो संख्यामा उपस्थिति थियो ।  अध्यात्मिक गुरु रवि शंकरको नेपाल भ्रमणको अवसर पारेर महासंघले आफ्नो स्वर्ण वर्षका अवसरमा सो कार्यक्रम आयोजना गरेको हो । 

कार्यक्रमको प्रारम्भमा महासंघका अध्यक्ष पशुपति मुरारकाले उद्यमी व्यवसायीहरुका लागि लक्षित गरि कार्यक्रम आयोजनाको गरेकाले कार्यक्रमबाट लाभ उठाउन आग्रह गर्नुभयो । 

कार्यक्रममा आध्यात्मिक गुरु श्री श्री रवि शंकरले सफल उद्यमी हुनका लागि मानिसमा सबैभन्दा पहिला ज्ञानको आवश्यकता रहेको बताउनुभयो । विना ज्ञान व्यवसाय थालनी गर्दा असफल हुने हुनाले व्यवसाय सम्बन्धी जानकारी हासिल गरेर मात्र व्यवसायको थालनी गर्नुपर्ने उहाँको सुझाव थियो । व्यवस्थापकिय क्षमता, नविनतम सोच तथा कार्य क्षेत्रभित्र पारिवारिक वातावरणको निर्माण यी तीन कुरालाई सधैं ख्याल गर्न सके व्यवसाय सफल हुने मन्त्र दिनुभयो । 

कार्यक्रममा धन्यवाद मन्तब्यका क्रममा महासंघका उपाध्यक्ष शेखर गोल्छाले गुरुजीको प्रवचन आफ्नो जीवन तथा उद्यम÷व्यवसायमा अनुकरण गर्न निजी क्षेत्र लालयित रहेको बताउनुभयो ।

गोल्छा अर्गनाइजेसनले प्रायोजन गरेको कार्यक्रममा आर्ट अफ लिभिङ नेपाल च्याप्टरको संलग्नता थियो ।

 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by