Sep 09, 2026
नेपाली फूललाई विश्व बजारसम्म पुर्याउने गरी नीति तथा कार्यक्रम आवश्यकः अध्यक्ष श्रेष्ठ (२०८३/०५/२४)

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले नेपाली फूललाई विश्व बजारसम्म पुर्याउने गरी नीति तथा कार्यक्रम आवश्यक भएको बताउनु भएको छ । उहाँले नेपालको स्वदेशी उत्पादनले आन्तरिक माग धान्दै फूललाई विश्व बजारसम्म पु¥याउनु पर्नेमा जोड दिनुभयो । 

फ्लोरिकल्चर एशोसिएसन नेपालको ३४औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष अञ्जन श्रेष्ठले नेपालको हावापानी, भौगोलिक विविधता र उद्यमीहरूको इच्छाशक्ति पुष्प व्यवसायका लागि ठूलो सम्भावना भएको बताउनु भयो । पुष्प व्यवसायलाई रोजगारी, उद्यमशीलता, पर्यटन तथा वैदेशिक मुद्रा आर्जनको महत्वपूर्ण माध्यमका रूपमा विकास गर्नुपर्नेमा अध्यक्ष श्रेष्ठको जोड थियो ।   



उहाँले पुष्प व्यवसायको बीउ–बिरुवादेखि आधुनिक ग्रीनहाउस, कोल्ड चेन, ग्रेडिङ, प्याकेजिङ र ब्रान्डिङसम्मको पूर्ण मूल्य शृङ्खला विकास गरी ‘फार्म टु ग्लोबल मार्केट’ अवधारणामा अघि बढ्नुपर्नेमा जोड दिनुभयो । अध्यक्ष श्रेष्ठले पुष्प व्यवसायको विकासका लागि नीतिगत स्थिरता, सहज कर्जा, आधुनिक पूर्वाधार तथा प्रविधिमा पहुँच आवश्यक रहेको बताउनु भयो । 

यसैबीच, उहाँले हालै रसुवा हुँदै नुवाकोट र धादिङ क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरो आएपछिको विपद्ले भौतिक संरचना मात्र नभई अर्थतन्त्रको मेरुदण्डसमेत प्रभावित पार्ने उल्लेख गर्दै उनले यसलाई प्राकृतिक विपद्सँगै गम्भीर आर्थिक संकटका रूपमा समेत सम्बोधन गर्नुपर्ने बताउनु भयो । 

उद्योग, व्यवसायमा भएको क्षतिले रोजगारी, आपूर्ति शृङ्खला, राजस्व र समग्र आर्थिक गतिविधिमा असर पार्ने बताउँदै उहाँले विपद्पछिको तत्कालीन प्राथमिकता उद्धार र राहत भए पनि अब राहतबाट पुनरुत्थान र पुनर्निर्माणतर्फ स्पष्ट मार्गचित्रसहित अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

“सो क्षेत्रका व्यवसायीहरुको पुनःउत्थानका सरकारले राहत प्याकेज घोषणा गर्नु पर्दछ । सरकारले केही राहत त घोषणा गरेको छ । यसका साथै तत्काल विमा भुक्तानी तथा ब्याज मिनाहा, ऋणको पुर्नतालिकीकरण र पुनकर्जाको व्यवस्था गर्नु पर्दछ ।” अध्यक्ष श्रेष्ठले भन्नुभयो ।

साथै उहाँले पुनर्निर्माण गर्दा विगतकै ढाँचालाई निरन्तरता दिनुभन्दा जलवायु परिवर्तन तथा भौगोलिक जोखिमलाई ध्यानमा राखेर सुरक्षित, आधुनिक र दिगो पूर्वाधार निर्माण गर्नुपर्नेमा उहाँ जोड दिनुभयो । बाढि प्रभावित क्षेत्रका ठूला बजार र वस्तिहरु नै सखाप ले भएकाले अब बस्ति बसाल्दा सुरक्षित ठाउँमा बसाल्नस पर्ने बताउनु भयो । साथै उहाँले जलपायू परिवर्तनका कारण नेपालले व्यहोर्नु परेको क्षतिका बारेमा अन्तरराष्टिय मञ्चमा शसक्त रुपमा कुरा उडाँउदैं क्षतिपूर्ति माग गर्नु पनेृमा जोड दिनुभयो । 

अध्यक्ष श्रेष्ठले फ्लोरिकल्चर एशोसिएसन नेपालको साढे तीन दशक लामो यात्राको प्रशंसा गर्दै नेपालको पुष्प व्यवसायलाई संगठित र व्यावसायिक बनाउन संघले खेलेको भूमिकाको सराहना गर्नु भयो । फूल व्यवसायीहरूले व्यापार मात्र नभई आशा, सौन्दर्य र जीवनको सन्देशसमेत प्रवाह गरिरहेको बताउनु भयो । 

नेपाल उद्योग वाणिज्य महासंघ निजी क्षेत्रको अभिभावक संस्था भएकाले फ्लोरिकल्चर एशोसिएसन नेपालले उठाउँदै आएका नीतिगत तथा व्यावसायिक विषयमा महासंघले पूर्ण सहकार्य र पैरवी गर्ने प्रतिबद्धतासमेत अध्यक्षले व्यक्त गर्नुभयो । उहाँले अवैध रुपमा आउने तथा विदेशबाट आउने फूहरको आयत रोक्दे सवदेशी उत्पादनको प्रवृद्धन गनुृ पनेृ कुरामा जोड दिनुभयो । 

कार्यक्रममा महासंघका उपाध्यक्ष नरेशलाल श्रेष्ठ तथा महासंघको कृषि उद्यम केन्द्रका समितिका सभापति शिव कुमार घिमिरेले  पुष्प व्यवसायको प्रर्वद्धनमा राज्यको उचित ध्यान नपुगेको उल्लेख गर्दै यसको प्रर्वद्धनमा राज्यले नतिगत तथा प्राविधिक सहयोग गर्नु पर्नेमा जोड दिनुभएको थियो ।

 

Copyright © 2005 - 2026. FNCCI. All Rights Reserved.

Powered by
Feedback Image