Apr 08, 2025
नेपाल उद्योग वाणिज्य महासंघद्धारा म्यानमारका भुकम्प पिडीतहरुका लागि राहत सामग्री हस्तान्तरण (२०८१/१२/२६)

नेपाल उद्योग वाणिज्य महासंघले म्यानमारका भुकम्प पिडीतहरुका लागि राहत सामग्री हस्तान्तरण गरेको छ । 

महासंघका विपद् व्यवस्थापन समितिका सभापति भक्त हमालले गृह मन्त्रालयका प्रतिनिधी मार्फत राहत सामाग्री हस्तान्तरण गरेको हो ।  

महासंघले राहत स्वरुप चामल, मसुरो दाल, भाडाँकुडाको सेट, मस्क्युटो नेट, ब्लड ब्याग, ब्लड ट्रान्सफ्यूजन सेट, ब्यान्डेज, इलास्टिक एडजेस्टेबल ब्याण्ड तथा पेपर टेप लगायतका सामग्रीहरु  प्रदान गरेको हमालले जानकारी दिनुभयो ।  

सामाजिक उत्तरदायित्व अन्तर्गत महासंघले देश भित्र र बाहिर हुने प्राकृतिक विपत्तिका घटनाहरुमा राहत सामग्री वितरण गर्दै आइरहेकामा  पछिल्लो पटक म्यानमारका लागि यो सामग्री हस्तान्तरण गरिएको महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले जानकारी दिनुभयो । 

२०८१ चैत्र १५ (२८ मार्च २०२५) मा ७.७ म्याग्निच्युडको विनाशकारी भूकम्पले म्यानमारमा ठुलो क्षति पुर्याएको छ । त्यस लगत्तै २०८१ साल चैत्र २१ गते परराष्ट्र मन्त्रालयमा बसेको बैठक अनुसार म्यानमारमा भूकम्प पिडितहरुका लागि राहत पठाउने निर्णय भएको थियो ।
 

Copyright © 2005 - 2025. FNCCI. All Rights Reserved.

Powered by