Sep 02, 2024
मुख्य सचिव महासंघ भेट - आर्थिक बिकासका लागि नीतिगत सुधार र स्थायित्व आवश्यक (२०८१/०५/१७)

नेपाल उद्योग वाणिज्य महासंघले नेपाल सरकारका नवनियुक्त मुख्य सचिव एकनारायण अर्यालसंगको भेटमा पछिल्लो समय अर्थतन्त्रमा सुधार देखिए पनि तिव्र र दिगो बिकासका लागि नीतिगत सुधार र स्थायित्व आवश्यक रहेको तर्फ ध्यानाकर्षण गराएको छ । महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले सुधारका लागि गठन हुने उच्चस्तरिय आर्थिक सुधार आयोगले यसमा काम गर्नुपर्ने र महासंघले यसमा सघाउने वताउनु भयो । महासंघको आग्रहमा नया चरणको सुधारका लागि आयोग गठन हुनु सकारात्मक छ, उहाँले भन्नुभयो । 

यसैगरि निजी क्षेत्रको मर्यादाक्रमका लागि महासंघले आग्रह गरिरहेकोमा यसलाई सकारात्मक रुपमा लिन पनि मुख्यसचिव अर्याल समक्ष आग्रह गर्नुभयो । यसैगरि सर्वसाधारण र व्यवसायीले सेवा लिने क्षेत्रमा सुधारका लागि प्रविधिको उपयोग बढाइ शुसासनको प्रत्याभूति दिलाउनु पनि आवश्यक रहेको छ ।

यसैगरि निजी क्षेत्रलाई पनि अख्तियारले हेर्ने गरि कानुनहरु बनेको तर्पm अध्यक्ष ढकालले मुख्य सचिव अर्यालको ध्यानाकर्षण गराउनु हुँदै यसले लगानी निरुत्साहित हुने भएकाले यो व्यवस्था हटाउन पहल गर्न पनि आग्रह गर्नुभयो । 

भेटमा मुख्य सचिव अर्यालले निजी क्षेत्रको महत्व आफूले बुझेको र लगानी प्रोत्साहित हुने गरि काम गर्ने प्रतिवद्धता जनाउनु भयो । महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले छिटो छिटो नीति परिवर्तन हुन नहुनेमा जोड दिनुभयो । उपाध्यक्ष हेमराज ढकालले अनधिकृत आयात रोक्न र उधारो उठाउने सम्बन्धि कानुन निर्माण गर्न पनि सरकारले पहल गर्नु पर्ने धारणा राख्नु भयो । महासंघ कार्य समितिले सोमबार मुख्य सचिव अर्यालसंग भेट गरेको हो । 


FNCCI delegation meets Chief Secretary Aryal - Policy reforms and stability necessary for economic development

The Federation of Nepalese Chambers of Commerce and Industry (FNCCI) has drawn the attention of the newly appointed Chief Secretary, Ek Narayan Aryal, to the need for policy reforms and stability for rapid and sustainable economic development, even though there has been some improvement in the economy lately. 

FNCCI President Chandra Prasad Dhakal stated that the high-level economic reform commission to be formed for the purpose of reform should work on this, and the FNCCI would assist in this. He said that the formation of a commission for a new phase of reform at the request of the FNCCI is positive.

Similarly, Dhakal urged Chief Secretary Aryal to take a positive view of the FNCCI's request to include the private sector in the order of precedence. It is also necessary to increase the use of technology to improve services for the general public and businesses and to ensure good governance, he added.

FNCCI President Dhakal also drew Chief Secretary Aryal's attention to the fact that laws have been made in such a manner that the private sector would also fall under the purview of the Commission for the Investigation of Abuse of Authority, which would discourage investment and urged him to take the initiative to remove this provision.

In the meeting, Chief Secretary Aryal expressed his understanding of the importance of the private sector and committed to working to encourage investment. Senior Vice President of the FNCCI, Anjan Shrestha, emphasised that policies should not be changed too frequently. Vice President Hem Raj Dhakal expressed the view that the government should also take the initiative to stop unauthorised imports and enact laws to recover loans. The FNCCI's executive committee met with Chief Secretary Aryal on Monday.
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by