Aug 08, 2024
विम्सटेक चेम्बर गठन हुँदै – महासंघ संस्थापक सदस्य (२०८१/४/२४)

विम्सटेक चेम्बर अफ कमर्श गठन हुने भएको छ । विम्सटेक विजनेज समिटमा यस क्षेत्रका उद्योग वाणिज्य महासंघका अध्यक्ष एवं प्रतिनिधि र विमस्टेकका महासचिव इन्द्र मणि पाण्डे सम्मिलित बैठकले उक्त निर्णय गरेको हो ।

नेपाल उद्योग वाणिज्य महासंघ नेपालको प्रतिनिधित्व गर्दै संस्थापक सदस्य रहने छ ।

आफूले गत वर्ष गरेको प्रस्ताव अनुरूप चेम्बर गठन हुन लागेकोमा महासंघ अध्यक्ष चन्द्र प्रसाद ढकालले खुसी व्यक्त गर्नु भयो । उक्त बैठकमा सहभागी अध्यक्ष ढकालले चेम्बर विधान बनाई तत्काल कार्यान्वयन गर्न आह्वान गर्नुभयो । 



विम्सटेक राष्ट्र चेम्बरका प्रतिनिधिहरुको बुधबार बसेको बैठकमा उक्त निर्णय गरिएको थियोे । बिमस्टेक चेम्बरको स्थापना भएपछि यसले बिमस्टेक स्वतन्त्र व्यापार सम्झौताको गठन र कार्यान्वयनलाई गति दिने अपेक्षा गरिएको छ ।

बैठकमा भएको वार्ताअनुसार भारतीय उद्योग परिसंघले बिमस्टेक चेम्बरको सचिवालय नयाँ दिल्लीस्थित भारतीय उद्योग परिसंघको कार्यालयमा स्थापना गर्ने प्रस्ताव गरेको छ । चेम्बरको अध्यक्षता वर्णानुक्रम अनुसार हुनेछ ।

सो बैठकमा अध्यक्ष ढकाल सहित महासंघका पूर्व अध्यक्ष भवानी राना र वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ पनि सहभागी हुनुहुन्थ्यो । 


BIMSTEC Chamber of Commerce to be formed - FNCCI to be Founding Member

A decision has been made to form the BIMSTEC Chamber of Commerce. This decision was reached at a meeting held during the BIMSTEC Business Summit, attended by presidents and representatives of chambers of commerce from the region, as well as the Secretary General of BIMSTEC, Indra Mani Pandey.

The Federation of Nepalese Chambers of Commerce and Industry will be a founding member representing Nepal.

FNCCI President Chandra Prasad Dhakal expressed his happiness that the chamber was about to be formed as per his proposal made last year. Participating in the meeting, President Dhakal called for the immediate formation and implementation of the chamber's constitution.

The proposal to establish the BIMSTEC Chamber of Commerce was put forward at the BIMSTEC Trade Summit held in New Delhi, India. The proposal was presented at a meeting of representatives of BIMSTEC member chambers on Wednesday.

As per the proposal, one chamber from each member nation will be included in the BIMSTEC Chamber of Commerce. The BIMSTEC Chamber is expected to accelerate the formation and implementation of the BIMSTEC Free Trade Agreement.

According to the discussions held at the meeting, the Confederation of Indian Industry has proposed for the secretariat of the BIMSTEC Chamber to be established at its office in New Delhi. The presidency of the chamber will be held on a rotational basis.

Along with FNCCI President Dhakal, Past President Bhawani Rana and Senior Vice President Anjan Shrestha were also present in the meeting.



 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by