May 01, 2023
मे दिवसका अवसरमा महासंघका अध्यक्ष ढकाल र रोजगारदाता परिषद्का सभापति श्रेष्ठको शुुभकामना संदेश (२०८०/०१/१७)

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल र महासंघको रोजगारदाता परिषदका सभापति ज्योत्सना श्रेष्ठले  १३४ औ अन्तर्राष्ट्रिय श्रमिक दिवस मे दिवसको अवसरमा शुभ–कामना व्यक्त गर्नु भएको छ ।

आफनो शुभ–कामना संदेशमा अध्यक्ष ढकालले भन्नु भएको छ–

श्रमिक आन्दोलनबाट प्राप्त उपलब्धी र औद्योगिक शान्ति स्थापनाको ऐतिहासिक क्षणको सम्झना स्वरुप मनाउंदै आएको मे दिवसले हामी सवैलाई सम्बाद र सहकार्यको माध्यमबाट सम्बन्ध विकास गर्न प्रेरित गरेको विश्वास लिएको छु । 

हामी बीचको सम्वन्धमा सुधार हुंदै गएको छ । यसलाई सकारात्मकरुपमा लिएका छौ । सम्वन्धलाई बलियो बनाउन सहकार्य र सहयात्रामा जोड दिन चाहान्छु ।

अहिले हामी अनपेक्षित कठिन अवस्थामा छौं । कोभिड महामारीबाट आर्थिक एवं सामाजिक क्षेत्रमा परेको प्रभावबाट बाहिर आउन लिइएको नीतिसंगै अर्थतन्त्र गतिशिल हुने अपेक्षाको समयमा विश्वव्यापी रुपमै देखिएको आर्थिक मन्दीले हाम्रो अर्थतन्त्र, उद्योग व्यवसाय र श्रम क्षेत्र अप्ठेरो स्थितिमा पुगेको छ । उद्योग व्यवसाय संचालन र यसबाट रोजगारीमा पर्न सक्ने प्रभावको न्यूनिकरण गर्न र संभावित समस्याको सामना गर्नपर्ने यो कठिन समयमा रोजगारदाता र टे«ड यूनियन बीच अझ बढी समझदारी सहकार्यको लागि अपिल गर्दछु । 


आफनो शुभ–कामना संदेशमा रोजगारदाता परिषदका सभापति श्रेष्ठले भन्नु भएको छ–

विभिन्न आरोह अवरोह पार गर्दै नेपालको श्रम सम्बन्ध सहज बन्दै गएको छ । सम्बाद र सहकार्यको थालनीबाट श्रम सम्बन्ध सुधार र श्रम विवादको संख्यामा निकै कमी आएको सन्दर्भमा दीगो औद्योगिक शान्ति स्थापनामा जोड दिन चाहान्छु 

कोरोना महामारीबाट भएको नोक्सानी र परेको प्राभवबाट चाडो क्षतिपूर्ति प्राप्त गर्न सरकारले लिएका नीतिसंगै सुधारको अपेक्षा गरेको अवस्थामा अन्तर्राष्ट्रिय स्तरमै आएको आर्थिक मन्दिको कारण उद्योग व्यवसाय र आर्थिक गतिविधिमा उल्लेखनीय कमी आई मुलुक आर्थिक संकटतर्फ उन्मुख छ भन्ने कुराले हामी चिन्तित भएका छौं । यसबाट आउने संभावित समस्या र चुनौतीको सामना गर्न थप समझदारी र सहयोगको आवश्यकतामा जोड दिदै सम्पूर्ण श्रमिक दिदी वहिनी र दाजूभाईको समुन्नतिको कामना गर्दछु ।
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by