Jul 01, 2022
महासंघका अध्यक्ष र आइएमएफ आवासीय प्रतिनिधि बीच भेटवार्ता (२०७९/०३/१७)

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र नेपालका लागि अन्तराष्ट्रिय मुद्रा कोषकी नवनियुक्त आवासीय प्रतिनिधि टेरेसा डवन सानचेज (Ms.Teresa Daban Sanchez, IMF Resident Representative to Nepal)  बीच आज महासंघ सचिवालयमा औपचारिक भेटवार्ता भयो । सो अवसरमा महासंघका अध्यक्ष गोल्छाले नवनियुक्त आवासीय प्रतिनिधि सेनचेजको महासंघ सचिवालयमा स्वागत गर्नुभयो । 

अध्यक्ष गोल्छाले नेपालको पछिल्लो वित्तिय अवस्था र महासंघले मुलुकभित्र वित्तिय स्थायित्वका लागि निर्वाह गरेको भूमिकाका वारेमा जानकारी गराउनुभयो । अर्थतन्त्रका  पछिल्ला तथ्यांकलाई विश्लेषण गर्दा केही दवाव जस्तो देखिएपनि त्यसलाई सुरक्षित तवरबाट अगाडि लैजान सरकार, केन्द्रीय बैंक र निजी क्षेत्र मिलेर काम हुनुपर्नेमा जोडदिनु भयो । अध्यक्ष गोल्छाले अन्तराष्ट्रिय मुद्रा कोषको सहयोग नेपालका लागि यो समयमा अझ बढी आवश्यकता रहेको र महासंघ आइएमएफसंग मिलेर काम गर्न इच्छुक रहेको बताउनु भयो ।  

अन्तराष्ट्रिय मुद्रा कोषकी नवनियुक्त  आवासीय प्रतिनिधि टेरेसा डावन सेनचेज (Teresa Daban Sanchez, IMF Resident Representative to Nepal) ले महासंघका अध्यक्षसंगको भेटवार्ताबाट नेपालको अर्थतन्त्र र नेपाली निजी क्षेत्रका बारे बुझने मौका मिलेकोमा खुशी प्रकट गर्नुुभयो । नेपालको अर्थतन्त्र सुधारका लागि आइएमएफ र महासंघ बीच मिलेर काम गर्ने प्रतिवद्धता समेत जनाउनु भयो ।

सो भेटवार्तामा महासंघका महानिर्देशक गोकर्ण राज अवस्थीको पनि उपस्थिति थियो ।


 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by