Jan 03, 2022

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले राजस्व संकलनमा तदारुकता देखाए जस्तै पूँजीगत खर्चमा सरकारले तदारूकता देखाउन नसकेको बताउनुु भएको छ । तरलताको समस्या पेचिलो बन्दै गएको अहिलेको समयमा सरकारको पूँजीगत खर्च मात्र बढन सकेपनि त्यसले केही सहयोग गर्ने उहांको धारणा थियो । 

भक्तपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरूको सम्मानमा महासंघले आइतवार राखेको स्वागत एवं बधाई कार्यक्रमलाई संवोधन गर्नुहुंदै अध्यक्ष गोल्छाले कोभिडले थलिएको अर्थतन्त्रले केही गतिलिन खोजेको वेला तरलताको अभावले समस्या उत्पन्न भएको बताउनु भयो । 
निजी क्षेत्रलाई पनि व्यापारमुखी मात्र भएको, उत्पादनमुुखी क्षेत्रमा लाग्न नसकेको भन्ने आरोप लाग्ने गरेको भन्दै यो केही हदसम्म सत्य भएपनि निजी क्षेत्र उपयुक्त वातावरण पाएमा उत्पादनमुुखी क्षेत्रमा केन्द्रीत हुन तयार रहेको खुलाउनुु भयो । 

अध्यक्ष गोल्छाले आर्थिक गतिविधि बढ्न लागेको, आन्तरिक पर्यटन विस्तारै अगाडी बढ्ने तरखरमा रहेको वेला पुन कोभिडको अर्को भेरियन्टले विश्वलाई नै तर्साएको बताउनुु भयो । यतिवेला अन्तराष्ट्रिय उडानहरु बन्द भएका, देशहरु पुन लकडाउनतर्फ गैरहेका र त्यसको प्रभाव नेपालमा पनि पर्ने चिन्ता सर्वत्र रहेको छ, अध्यक्ष गोल्छाले भन्नुुभयो–अर्थतन्त्र र रोजगारीमा ठूलो योगदान रहेको पर्यटन क्षेत्र ओमीक्रनको त्रासले सेटव्याक हुने खतरामा छ ।

अर्थतन्त्रको विस्तार, रोजगारी सृजना, निर्यात अभिवृद्धि गर्ने लक्ष्यका साथ महासंघले ल्याएको भिजन पेपर नेट २०३० को सफल कार्यान्वयनमा महासंघको सिंगो संजालको कार्यगत एकता,सहकार्य, ओनरशीप आवश्यक रहेको बताउनुु भयो ।  

भक्तपुर उद्योग वाणिज्य संघले महासंघका हरेक कार्यमा सहयोग गर्दै आएकोमा त्यसको प्रशंसा समेत गर्नुभयो । अध्यक्ष गोल्छाले भक्तपुरको प्रमुख सामथ्र्य भनेको पर्यटन, हस्तकला, कला संस्कृतिनै रहेकाले यी क्षेत्रको विकासमा संघले नविनतम सोचका साथ काम गर्न आग्रह गर्नुभयो । भक्तपुरको ऐतिहासिक महत्वलाई उजागर गर्ने र पर्यटन पूर्वाधार विकासमा संघले नेतृत्वदायी भूमिका निर्वाह गर्न सुुझाव दिंदै संघले थालेका सवै कार्यमा महासंघले सहयोग गर्ने प्रतिवद्धता पनि जनाउनुु भयो । 

महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन काम गरेर देखाउन जरुरी रहेको बताउनुु भयो । सानो ठाउंमा पनि ठूलो काम गर्न सकिने उदाहरण दिंदै उपाध्यक्ष श्रेष्ठले लगभग भक्तपुर जत्रै माल्टा भन्ने देशले प्रतिवर्ष २२ लाख पर्यटकभित्रयाउने गरेको भन्दै भक्तपुरसंग पनि त्यो सम्भावना प्रवल रहेकाले यसमा केन्द्रीत हुन सुुझाव दिनुुभयो । स्थानीय निकायबाट अव्यवहारिक रुपमा उठाइएका करका सम्बन्धमा महासंघले सम्बन्धित निकायको ध्यानाकर्षण गराईसकेको पनि स्पष्ट पार्नुभयो । महासंघको संजालभित्रका सबै सदस्यहरुको महत्वलाई अझ बढाउने गरी कार्य गर्न वर्तमान नेतृत्व लागेको बताउनुु भयो । उद्योग व्यवसाय विकासका लागि अवरोध वनेका ऐन कानूनको संशोधन, पुनरलेखनका लागि महासंघले सरकारसंग निरन्तर लवी गरीरहेको पनि उहांले जानकारी गराउनुु भयो । 

महासंघका उपाध्यक्ष रामचन्द्र संघाईले  भक्तपुर कला, संस्कृति, मौलिकतामा सम्पन्न रहेकाले अहिलेको यूवा टीमले त्यसैको आधारमा काम गर्नुपर्ने सुुझाव दिनुभयो । उहांले विगतमा भक्तपुर ताजा तरकारीका लागि निकै प्रशिद्ध रहेको पनि चर्चा गर्नुभयो । कुनै समय कृषिका लागि अव्वल मानिएको भक्तपुर यतिखेर पर्यटनको बढी सम्भाव्यता बोकेको जिल्ला भएकाले आफूमा जे सामथ्र्य छ त्यसैको विकासमा लाग्नुुपर्ने धारणा राख्नुु भयो । सो अवसरमा महासंघका कोषाध्यक्ष सुकुुन्तलाल हिराचनको पनि उपस्थिति थियो । 

संघका नवनिर्वाचित अध्यक्ष शिव प्रसाद मानन्धरले संघले महासंघसंग सदैव संस्थागत सहकार्य गर्दै आएको र आफ्नो कार्यकालमा पनि त्यो रहीरहने प्रतिवद्धता जनाउनुु भयो । आफ्नो नेतृत्वको भावी योजना सुुनाउंदै अध्यक्ष मानन्धरले पर्यटन विकासमा वर्तमान कार्यकाल विशेष रुपमा केन्द्रित हुने बताउनुु भयो । स्थानीय निकायले जथाभावी उठाएका करहरु रोकिनुुपर्ने र चेम्वर कानून ल्याउनुु पर्नेमा जोड दिंदै त्यसमा सहयोग गर्न आग्रह गर्नुुभयो । साथै उहांले संघले वर्षभरि गर्ने कार्यक्रमका विषयमा छिट्टै कार्यशाला गरी तय गर्ने पनि जानकारी गराउनुु भयो । कोभिडले थलिएको अर्थतन्त्रको पुनरुत्थानका लागि महासंघले ल्याउने कार्यक्रममा संघकातर्फबाट पूर्ण सहयोग रहने प्रतिवद्धता जनाउनुु भयो । संघका नवनिर्वाचित पदाधिकारीहरु, कार्य समिति सदस्यहरुको नेतृत्व गर्दै महासंघ सचिवालयमा आउनुभएका अध्यक्ष माननन्धरले निजी क्षेत्रको एकतामा पनि जोड दिनुुभयो ।  
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by