Mar 22, 2021
Startup and Innovation समितिको कार्यक्रम घोषणा तथा पत्रकार सम्मेलन (२०७७/१२/०९)

नेपाल उद्योग वाणिज्य महासंघले स्टार्टअपहरूको प्रवर्द्धन मार्फत मुलुकभित्र उद्यमशीलता विकास, रोजगारी सिर्जनामा कार्य गर्न वर्तमान कार्यकालमा Startup and Innovation समिति गठन गरेको छ । महासंघमा Startup and Innovation समिति पहिलो पटक गठन भएको हो । कार्यकारिणी समितिका सदस्य श्री रंजितराज आचार्यको सभापतित्वमा गठित समितिमा Startup and Innovation क्षेत्रमा स्थापित यूवा उद्यमीहरू संलग्न हुनुहुन्छ । 

समितिले नव उद्यमीहरूलाई अर्थतन्त्रको मूल प्रवाहमा जोडने, महासंघले आर्थिक रुपान्तरण मार्गचित्र (Vision Paper) मार्फत अगाडी सारेको प्रतिवर्ष ४ लाख रोजगारी सृजना गर्ने लक्ष्यलाई पुरा गर्ने कार्यमा सहयोग गर्ने, स्टार्टअप/उद्योग व्यवसायको वारेमा अध्ययन गर्ने, मुलुकभित्र नविनतम सोंचसहितको उद्यमशीलता प्रवर्द्धन गर्न उद्योग मन्त्रालय अन्तरगत लगानी प्रवर्द्धन महाशाखासंगको सहकार्यमा स्टार्टअप नीति निर्माणका लागि पहल गर्ने, नयां सोच सहित केही गर्न अघि सरेका नव उद्यमीहरूको पहिचान गरी उनीहरूलाई अगाडि बढन आवश्यक पूंजी लगानी स्वरूप जुटाई सहयोग गर्ने लगायतका महत्वपूर्ण कार्यहरू गर्नेछ ।  

समितिका कार्यक्रमहरूः

50 Investors FIFTY Business:

नविन सोंचमा आधारित रहेर उद्यम गरीरहेका ५० वटा स्टार्टअप/उद्योग व्यवसायहरूको व्यवसायिक सफलताका लागि समिति अन्तरगत रहेको इन्भेष्टर फोरम मार्फत ५० लगानीकर्तासंग साक्षात्कार गराई लगानी तथा व्यवसायिक साझेदारीका लागि कार्यक्रम तर्जुमा गरिएको छ । यसका लागि यही चैत्र महिनाको तेस्रो साताबाट आवेदन खुला गरिने छ । यसमा आवेदन दिन चाहने स्टार्टअप/उद्योग व्यवसायहरू कम्तीमा एक वर्ष र सो भन्दा बढी संचालनमा आएको हुनुपर्नेछ । आवेदन सवै क्षेत्र (जस्तो कृषि, उत्पादनमुलक, सूचना प्रविधि, सेवा )का लागि खुला गरिने छ । 

MENTORING PROGRAM:

स्टार्टअप/उद्योग व्यवसायहरू लगानीका लागि छनौट भई सकेपश्चात उहाँहरूलाई लगानीकर्ता माझ पुर्‍याउन पहिलो तीन महिनाको मेन्टरशीप कार्यक्रममा समावेश गराइने छ । उद्यमशीलता सम्बन्धी परामर्श दिन लामो व्यवसायिक अनुभवी हासिन गर्नु भएका सफल २० जना मेन्टरहरूको Roster तयार गरिएको छ। एक स्टार्टअप/उद्योगव्यवसायलाई एक मेन्टरका हिसावले २० स्टार्टअप/उद्योग व्यवसायलाई मेन्टरशीप कार्यक्रम अन्तरगत लामो व्यवसायिक अनुभव वटुलेका मेन्टरहरूमार्फत करिव ३ महिना परामर्श दिई उद्यम गर्न सक्षम बनाइनेछ । मेन्टरशीपमा सफलतापूर्व मेन्टरिङ पुरा गरेका स्टार्टअप/उद्योग व्यवसायलाई मात्र लगानी जुटाउनका लागि लगानीकर्ता माझ आफनो व्यवसायको प्रस्तुतीका लागि मौका प्रदान गरिने छ । केन्द्र बाहेक जिल्लास्तरमा पनि स्टार्टअप/उद्योग व्यवसायलाई आवश्यक पर्ने मार्गदर्शनका लागि भर्चुअल माध्यमबाट मेन्टरहरू उपलब्ध गराइने  छ । (यस सम्बन्धमा विस्तृत कार्यपत्रमा प्रकाश पारिएको छ) ।

FIRST FRIDAY TALK:

प्रत्येक महिनाको पहिलो शुक्रवार हरेक क्षेत्रका सफल उद्यमीसंग स्टार्टअपहरूलाई सहयोग पुग्ने गरी ज्ञान श्रृंखलाकोरूपमा प्रत्येक अंग्रेजी महिनाको पहिलो शुक्रवार First Friday Talk आयोजना गरिने छ । कार्यक्रम महासंघ सचिवालयमा दिनको ३ देखि ५:३० बजेसम्म चल्ने छ । कार्यत्रममा सफल उद्यमीहरू र यस क्षेत्रका विज्ञहरूको सहभागिता रहने छ । आगामी अप्रिल २ तारिखमा पहिलो कार्यक्रम आयोजना गर्ने कार्य तालिका छ र ऊक्त कार्यत्रममा हिमालयन जाभाका प्रमुख गगन प्रधानद्वारा सफल फ्रेन्चाइज विजनेश मोडलका वारेमा फ्रस्तुती सहित अन्तरक्रिया गर्नुहुने कार्यत्रम छ । सो कार्यक्रममा फ्रेन्चाइज विजनेससंग सम्बन्धी स्टार्टअप/उद्योग व्यवसायलाई सहभागी गराइने छ । सो कार्यक्रममा सहभागितामा लागि महासंघको Startup and Innovation हेर्ने शाखामा सर्म्पक गरेर मात्र भागलिन सकिने छ ।   

SUPPORT PROGRAM:

स्टार्टअपहरूलाई आवश्यक पर्ने स्रोतसंगै अन्य आवश्यक कार्यक्रमहरू उपलब्ध गराउन महासंघकै सचिवालयमा Incubation Center स्थापना गरि प्रदान गरिने छ । महासंघको Ihub Center आगामी वैशाखबाट Incubation Center का रूफमा समेत संचालन हुनेछ । महासंघ सचिवालयको माथिल्लो तल्लामा रहेको Bamboo हाउसको Co-working space का रूपमा संचालनमा ल्याइने छ । महासंघका केही जिल्ला उद्योग वाणिज्य संघहरूमा पनि  Incubation Center स्थापना गर्ने योजना छ । नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, आइएलओ, इसीमोड, काठमाडौं महानगरपालिका, केयू, अन्तरप्रेरणा र जिल्ला उवासंघहरू साझेदार संस्थाहरूको रुपमा रहने छन् । 

START-UP DIRECTORY:

विभिन्न संघ/संस्थाको समन्वयमा स्टार्टअप डाइरेक्टरी बनाउने र डाइरेक्टरीमार्फत आफूलाई चाहेको स्टार्टअपसंग सम्पर्क गरी लगानी गर्न सक्ने अवसर सिर्जना गरिने छ । 


POLICY INTERVENTION: 

नेपालमा नविन सोंच सहित स्टार्टअप/उद्योग व्यवसाय शुरु गरेका उद्यमी व्यवसायीहरूका वास्तविक समस्या तथा चुनौतीहरूका विषयमा छलफल गरी सरकारका तर्फबाट गर्नुपर्ने सहयोगका विषयमा सुझाव तयार गर्ने र यस क्षेत्रका लागि हुनुपर्ने नीतिगत सुधारका विषयमा सुझाव पेश गरिने छ । यस क्षेत्रको विकास विस्तारका लागि आवश्यक नीति कानून निर्माणमा सरकारसंग सहकार्य समेत गर्दैछौं । 

मुलुकभित्र औद्योगिक विकास, व्यवसायिक सोचको विस्तार नभएसम्म समृद्धि आउन सक्दैन । रोजगारी सृजनाका लागि उद्यमशीलता प्रवर्द्धन आवश्यक छ । उद्यमशीलताको प्रवर्द्धनका लागि नविनतम सोंच भएका यूवाहरुलाई सहयोग गर्ने तर्फ ध्यान केन्द्रीत गर्नुजरुरी छ । 

नेपालमा पछिल्लो पटक नविनतम सोचमा आधारिम उद्यम व्यवसायमा विस्तारै बढोत्तरी हुंदै आएको पाइन्छ । पछिल्लो ५ वर्षमा नेपालमा स्टार्टअपहरू राम्रो फस्टाएको कुरालाई विभिन्न अध्ययनहरू समेत देखाएको छ । खासगरी महाभुकम्प र कोभिड पश्चात नेपालमा पनि स्टार्टअप व्यवसायले गति लिन थाल्यो । प्रविधिमा आधारित साना तथा मझौला व्यवसायहरू उच्च वृद्धि भइरहेको देखिन्छ । विश्व इनोभेसन सुचकाङ्ढमा नेपाल १२६ देशहरु मध्ये १०९ औं स्थानमा देखिन्छ ।

नेपालमा स्टार्टअपको अवधारणा अहिलेसम्म पनि नयां नै छ । हरेक वर्ष स्वदेश तथा विदेशका विश्व विद्यालयबाट समेत आफ्नो अध्ययन पुरा गरेर आउने संख्या निकै ठूलो छ । यूवाहरुमा नविनतम सोच अत्याधिक रहेको पाइन्छ । अहिले स्टार्टअप थालेका उद्यमीहरु २५ देखि ४० वर्षका यूवाहरू र उनीहरू विदेशका प्रतिष्ठित शैक्षिक संस्थाहरूमा अध्ययन गरी आएका नै अधिक पाइन्छन् । 

स्टार्टअपको शुरुवात गरेका उद्यमीहरूका अनुसार नेपालमा पूंजीको सहज उपलव्धता, करको उच्च दर, स्टार्टअप मैत्री नीतिको अभाव, नियामक अवरोधहरु र नयां शुरुवात गर्न लाइसन्सको समस्या मुख्य चुनौती रहेको छ । उद्यमशीलता विकासका लागि आवश्यक पुंजी जुटाउन साना तथा मझौला व्यवसायीलाई पनि बजारमा प्रवेश गराउनु पर्छ । नेपालमा उद्यमशीलता वृद्धिका लागि आवश्यक पुंजी लगानी गर्ने प्रवृत्तिको अभाव छ ।

 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by