- Day-to-day Activities
- Press Release
- News Clippings
- Photo Archives
- Audio/Videos
- Notice/Announcements
- News feeds from Media
- FNCCI on Social Media
Releated Press Release
- महासंघका अध्यक्ष गोल्छा र नेपालका लागि फ्रान्सेली राजदूत बीच भेटवार्ता (२०७७/११/२०) | March 04, 2021
- उद्योगहरूको गुणात्मक विश्लेषण सहितको अध्ययन गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर (२०७७/११/१६) | February 28, 2021
- महासंघ र नेपाल बैकर्स संघ बीचः ऋण सहजीकरणमा सहकार्य गर्न समझदारीपत्रमा हस्ताक्षर (२०७७/११/१३) | February 25, 2021
- महासंघको द्विराष्ट्रिय एवं गैर आवासीय नेपाली समन्वय फोरम विस्तारः मुलुकभित्र लगानी तथा प्रविधि आकर्षणका लागि अर्थपूर्ण कार्य गर्न अध्यक्ष गोल्छाको सुझाव (२०७७/११/१३) | February 25, 2021
- महासंघ र श्रम मन्त्री बीच भेटवार्ताः सरकार निजी क्षेत्र मिलेर तालीम संचालन गर्ने श्रम मन्त्री चौधरीको प्रतिवद्धता (२०७७/११/१२) | February 24, 2021
महासंघको वैदेशिक रोजगार फोरम विस्तारः अर्थतन्त्रमा विप्रेषणको योगदानलाई हेरेर वैदेशिक रोजगार फोरम गठन गरिएको हो–अध्यक्ष गोल्छा (२०७७/१०/२८)
February 10, 2021

नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिका सदस्य विष्णु प्रसाद गैरेको सभापतित्वमा गठित वैदेशिक रोजगार फोरम विस्तार भएको छ । फोरमको सहसभापतिमा प्रज्ञान न्यौपाने हुनुहुन्छ ।
फोरमका सदस्यहरूमा कृष्ण पौडेल, संजय निरला, संजय देवकोटा, मोहम्मद जुनैद, मन गुरुङ्ग, विनायक पोखरेल र भवानी निरौला र आमन्त्रित सदस्यहरूमा सुनिता कर्माचार्य, थिरमणि पौडेल, सुवर्ण श्रेष्ठ हुनुहुन्छ । फोरमका सल्लाहकारहरूमा किरण किशोर घिमिरे, रोहन गुरुङ्ग, सुजित कुमार श्रेष्ठ, नवराज के.सी. र नरेन्द्र ढकाल हुनुहुन्छ ।
नवगठित फोरम विस्तार कार्यक्रमलाई संवोधन गर्नुहुंदै महासंघका अध्यक्ष शेखर गोल्छाले मुलुकको अर्थतन्त्रमा विप्रेषणको योगदानलाई उच्च मुल्यांकन गरी महासंघले पहिलो पटक वैदेशिक रोजगार क्षेत्रलाई नै हेर्ने गरी वैदेशिक रोजगार फोरम गठन गरेको बताउनु भयो ।
वार्षिक करिव ९ खर्वको हाराहारीमा भित्रिने व्रिपेषणले मुलुकको अर्थतन्त्रमा निकै ठुलो योगदान पुर्याएको छ । अहिले पनि हामीले दक्ष जनशक्ति पठाउन नसक्दा न्यूनतम तलवमा अनेकन समस्याहरू झेल्दै विदेशी भूमिमा काम गर्न हाम्रा दाजुभाई दिदी बहिनीहरू वाध्य छन् । यो क्षेत्रलाई अझबढी व्यवस्थित बनाउन, दक्ष जनशक्ति विकास तथा समस्यामा रहेका नेपालीहरूलाई सकेको सहयोग गर्न समेत केही योगदान पुर्याउन सकियोस भनेर महासंघले फोरम गठन गरेकाले फोरमले वैदेशिक रोजगारीका समग्र इस्यूहरूमा परिणामदायीरूपमा काम गर्न सुझाव दिनुभयो ।
महासंघको रोजगारदाता परिषदका सभापति एवं पदेश उपाध्यक्ष रामचन्द्र संघाईले फोरमको सफलताको कामना गर्नुहुंदै विशेष गरी फोरमले यस क्षेत्रका सरोकारवाला निकायहरूसंग बसेर वैदेशिक रोजगारीका सम्भाव्यता तथा चुनौतीहरूका वारेमा अध्ययन गरी ठोस सुझाव तयार गर्न अनुरोध गर्नुभयो ।