Feb 03, 2021
संस्थागत सहकार्यका लागि महासंघ र मिडिया एलाएन्स नेपाल बीच सहमती (२०७७/१०/२१)

नेपाल उद्योग वाणिज्य महासंघ र मिडिया एलाएन्स बीच आज महासंघ सचिवालयमा दुवै संस्था बीच संस्थागत सहकार्य गर्ने सहमती भएको छ । 

महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा महासंघका पदाधिकारी र एलाएन्सका अध्यक्ष भाष्करराज राजकर्णिकारको नेतृत्वमा आएको मिडिया एलाएन्सको प्रतिनिधिमण्डल बीच महासंघ सचिवालयमा भएको छलफलमा दुवै संस्थाबाट ३/३ जना सदस्य रहने गरी एक कार्यदल गठन गर्ने सहमती पनि भएको छ । 

उक्त कार्यदलले दुवै क्षेत्र अर्थात उद्योग व्यवसाय र मिडिया क्षेत्रका मुल मुद्दाहरूको पहिचान गरी एक अर्कामा सहयोग गर्ने, संस्थागत व्यवसायिक सम्बन्ध विस्तार गर्ने र स्वदेशी मिडियाको प्रवर्द्धन लगायतका विषयमा काम गर्ने छ भने सो सम्बन्धमा दुवै संस्था बीच छिट्टै एक सहमतीपत्रमा हस्ताक्षर गर्ने प्रतिवद्धता व्यक्त भएको छ ।  

बैठकमा महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ, अन्जन श्रेष्ठ, रामचन्द्र संघई, कोषाध्यक्ष सुकुन्तलाल हिराचन, कार्यकारिणी समितिका सदस्यहरू र मिडिया एलाएन्सका तर्फबाट उपाध्यक्ष राजु कंडेल, महेन्द्र शेरचन, महासचिव लक्ष्मण हुमागाई, कोषाध्यक्ष उज्ज्वल शर्मा र सदस्यहरूको उपस्थिति रहेको थियो ।

 

Copyright © 2005 - 2022. FNCCI. All Rights Reserved.

Powered by