May 10, 2020
केन्द्रीय श्रम सल्लाहकार परिषद्को वैठक  (२०७७/१/२८)


माननीय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवको अध्यक्षतामा आज मिति २०७७ वैशाख २८ गते आइतवार, केन्द्रीय श्रम सल्लाहकार परिषदको बैठक श्रम मन्त्रालयमा बस्यो । बैठकमा महासंघका अध्यक्ष भवानी राणा र महासंघको रोजगारदाता परिषद्का सभापति एवं उपाध्यक्ष चन्द्र प्रसाद ढकालले भाग लिनु भयो  । 

बैठकमा कोभिड १९ को संक्रमणले ल्याएको चुनौती, मुलुकको अर्थतन्त्रमा परेको प्रभाव र देशभर लकडाउन गर्नुपरेका कारण उत्पन्न समस्या र कठिनाईका साथै उद्योग व्यवसाय संचालन र श्रम क्षेत्रमा पर्न गएको प्रभावका वारेमा व्यापक छलफल भयो । 
 
लकडाउन अवधिका लागि श्रमिकको अधिकतम ५० प्रतिशत पारिश्रमिक भुक्तानी सहितका विषयमा महासंघ लगायतका रोजगारदाता संस्थाहरूका तर्फबाट माननीय श्रम मन्त्रीज्यूसमक्ष प्रस्ताव पेश भैसकेको स्मरण गराउंदै बैठकमा रोजगारदाताका तर्फबाट सो प्रस्ताव बमोजिमनै अगाडी बढनु पर्ने धारणा राख्दै पारिश्रमिक सम्बन्धमा सरकारले गरेका निर्णयहरू कार्यान्वयन गर्न समस्या रहेको जानकारी गराइयो । 

रोजगारदाताहरूका तर्फबाट पेश गरिएको प्रस्ताव र नेपाल सरकारले गरेका निर्णय कार्यान्वयन लगायतका विषयमा उत्पन्न समस्या एवं भावी दिनहरूमा उद्योग, व्यवसाय र श्रम क्षेत्रका सम्बन्धमा गर्नुपर्ने व्यवस्था लगायतका विषयमा सिफरिश गर्न त्रिपक्षीय कार्यदल गठन गर्ने सहमती समेत भयो ।

बैठकमा नेपाल सरकारका वरिष्ठ अधिकृत र रोजगारदाता संस्थाका पदाधिकारी एवं ट्रेड यूनियनका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by