Mar 18, 2020
माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री समक्ष महासंघद्वारा व्यक्तिगत सुरक्षा उपकरण हस्तान्तरण (२०७६/१२/५)

विश्वव्यापी रूपमा फैलिएको कोरोना संक्रमणबाट उत्पन्न हुन सक्ने जटिल परिस्थितिमा सर्वसाधारणको स्वास्थ्य सुरक्षा र उपचार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई महासंघका तर्फबाट आज वाणिज्य मन्त्रालयमा मास्क तथा व्यक्तिगत सुरक्षा उपकरण (Personal Protective Equipments - PPE) हस्तान्तरण गर्नुभयो ।

अध्यक्ष राणाले महासंघका तर्फबाट दशहजार थान मास्क र २ सय पचास सेट व्यक्तिगत सुरक्षा उपकरण (Personal Protective Equipments - PPE) हस्तान्तरण गर्नुभयो । व्यक्तिगत स्वास्थ्य सुरक्षा उपकरण हस्तान्तरण गर्दै अध्यक्ष राणाले महासंघले सदाझै संस्थागत सामाजिक उत्तरदायित्वलाई मनन गरी अहिलेको जटिल परिस्थितिमा जनताको स्वास्थ्य सुरक्षाका लागि सरकारले अगाडी बढाएका कार्यक्रममा सहयोग पुगोस् भन्ने उद्देश्यले सहयोग कार्यलाई थालनी गरेको र यसलाई निरन्तरता दिंदै जाने प्रतिवद्धता सो अवसरमा जनाउनु भयो । 

सो अवसरमा उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगड, उद्योग मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरे, वाणिज्य मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्याल, महासंघका उपाध्यक्ष किशोरकुमार प्रधान, मन्त्रालयका सहसचिवहरू, नेपाल उद्योग वाणिज्य महासंघको प्रदेश नम्वर ३ का अध्यक्ष दिनेश श्रेष्ठ, महासंघका उपमहानिर्देशक हंसराम पाण्डे, उपनिर्देशक विदुरचन्द्र लामिछाने सहितको उपस्थिति थियो ।
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by