Mar 03, 2020
स्थानीय सुशासनमा अनुभव आदान प्रदान सम्बन्धी कार्यशाला काठमाडौंमा (२०७६/११/२०)

स्थानीय तहका सुशासनका सफल अभ्यासहरूको आदान प्रदान गर्ने उद्देश्यले नेपालस्थित अमेरीकी राजदुतावासको सहयोग एवं सहकार्यमा नेपाल उद्योग वाणिज्य महासंघद्वारा मुलुकभित्रका सातवटै प्रदेशबाट प्रतिनिधित्व हुने गरि स्थानीय तहका उपप्रमुखहरूका लागि आयोजित दुई दिने अनुभव आदान प्रदान सम्बन्धी कार्यशाला कार्यक्रम आज काठमाडौंमा शुरूभयो । उक्त कार्यशालामा स्थानीय निकायका २६ जना उपप्रमुखहरूको सहभागिता रहेको छ ।   

कार्यशालाको नेपाल उद्योग वाणिज्य महासंघका महानिर्देशक धरणीधर खतिवडा र अमेरीकी राजदुतावासका प्रवक्ता एण्डि डी आरमेन्ट ९ब्लमष्भ म्झ ब्चभलत , क्उयपभकउभचकयल, ग्।क्। झ्दबककथ ल्भउब०ि  ले संयुक्त रूपमा शुभारम्भ गर्नुभयो । कार्यक्रम पार्क भिलेज रिसोर्ट, बुढानिलकण्ठमा संचालन भई रहेको छ । 

कार्यशालालाई संवोधन गर्दै नेपाल स्थित अमेरिकी राजदुतावासका प्रवक्ता एण्डि डी आरमेन्ट ९ब्लमष्भ म्झ ब्चभलत , क्उयपभकउभचकयल, ग्।क्। झ्दबककथ ल्भउब०ि  ले समग्र विकासका लागि शुशासन अपरीहार्य भएको र यस्ता कार्यशालाबाट सुशासनमा स्थानीयतहमा भएका सफल अभ्यासहरूको आदान प्रदानमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।  त्यसैगरी महासंघका महानिर्देशक धरणीधर खतिवडाले स्थानीय जनप्रतिनिधिहरूमा पारदर्शीता, जवाफदेहीता र उत्तरदायित्व जस्ता सुशासनका अपरीहार्य तत्वहरूका विषयमा बोध गराउनु पर्नेमा जोड दिंदै राजदूतावास र महासंघको संयुक्त पहलमा आयोजना भएको यो कार्यक्रम त्यस दिशामा महत्वपूर्ण हुने विश्वास प्रकट गर्नुभयो । 

उक्त दुई दिने कार्यशालामा कैलाली, कञ्चनपुर, बुटवल, पाल्पा, कपिलबस्तु, अर्घाखाँची, रूकुम, सुर्खेत, दैलेख, जाजरकोट, बाग्लुङ, गोरखा, लम्जुङ, तनहुँ, काठमाडौ, ललितपुर, सिरहा, झापा, इलाम र संखुवासभा लगायतका जिल्लाबाट सहभागिता रहेको छ भने कार्यक्रमको सहजिकरण रमेश अधिकारी, प्रेम दवाडी, गोकर्ण शर्मा र गिता श्रीषले गर्नु झएको छ । 

सो कार्यक्रममा बरिष्ठ अधिवत्ता डा. कुमार शर्मा अचार्य र  पूर्व माननिय तथा जि.वि.स. महासंघका सभापति कृष्ण प्रसाद सापकोटाले अतिथि वक्ताका रूपमा प्रशिक्षण दिइरहनु भएको छ । उक्त कार्यशालामा नेउवामहासंघका उपमहानिर्देशक मिना श्रेष्ठ लगायत अन्य कर्मचारीहरू तथा अमेरीकी दुतावास/अमेरीकन सेन्टरका निर्देशक शुलभ भट्टको उपस्थिति रहेको थियो ।
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by