Jan 08, 2020

नेपाल उद्योग वाणिज्य महासंघ, सूचना तथा सञ्चार प्रविधि विकास समितिका सभापति ई. विनोद ढकालको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले अर्थ मन्त्रालयका राजस्व सचिब शिशिर ढुंगाना समक्ष पौष २५ गते, वुधवार अर्थ मन्त्रालयमा भेटी सूचना प्रविधिका साधनहरूको आयात र भुक्तानी समस्यामा आई परेको समस्या समाधानका लागि आग्रह गर्‍यो ।

सो अवसरमा समिति सभापति ढकालले कम्प्युटर मोनिटर आयातमा भन्सार दरको समस्या, डलर भुक्तानीको दर घटाई ३ हजार अमेरिकी डलर गरिएकोले सफ्टवेयर आयातमा समस्या भएकोले यसको सिमा वृद्धि गर्नु पर्ने र भुक्तानीमा सरलीकरण गर्नु पर्ने, ल्यापटप तथा डेस्कटप कम्प्युटर कमसल खालका नेपाल भित्रिने गरेको कारण उपभोक्ता समेत ठगीमा पर्न गई आधिकारिक विक्रेताहरूमा समेत समस्या पर्न गएको कुरा सो अवसरमा जानकारी गराउनु भयो । 

भेटवार्तामा राजस्व सचिब ढुंगानाले मोनिटरको समस्या २८ ईन्चसम्मको लागि हाल भन्सार नलाग्ने व्यबस्था भईसकेको, डलर समस्या समाधानको लागि नेपाल राष्ट्र बैंकसंग कुरा भइरहेको र कमसल खालको सामान आयात रोक लगाउनको लागि सरकार सकारात्मक रहेको र कमसल खालको सामान पहिचान गर्न आवश्यक प्राविधिक तालीम भन्सारका कर्मचारीहरूलाई उपलव्ध गराउनु पर्ने जस्ता कुरा तर्फ सरकार सकारात्मक रहेको स्पष्ट पार्नु भयो ।

सो भेटवार्तामा समितिका उपसभापति संजय गोल्छा, सदस्य सुरेश लोहनी तथा महासंघका उपनिर्देशक बिकास बज्राचार्यको उपस्थिति रहेको थियो ।
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by