Dec 20, 2019
वार्ता र सामाजिक संवाद तालीम आयोजना (२०७६/९/४)

नेपाल उद्योग वाणिज्य महासंघद्वारा Dutch Employers Cooperation Program (DECP) को प्राविधिक सहयोगमा पौष ३ र ४ गते, काठमाडौंमा Negotiation Skills & Social Dialogue विषयक तालीम कार्यक्रम आयोजना गरियो । 

महासंघका प्रदेश च्याप्टरहरूको सचिवालयको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको उक्त तालीम कार्यक्रमलाई सम्वोधन गर्नुहुादै महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति चन्द्र प्रसाद ढकालले नेपालको औद्योगिक विकासमा वार्ता र सामाजिक संवादले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनु भयो । 

रोजगारदाता परिषद सभापति ढकालले मुख्यतया: निजी क्षेत्रमा विभिन्न प्रकारका सरोकारवालाहरू हुने भएकाले उनीहरूसंग सम्बन्धित बिषयबस्तुमा छलफल तथा विवाद एवं समस्याको समाधान खोज्न वार्ता र सामाजिक संवाद महत्वपूर्ण माध्यम हुने तथा यसैबाट सबै पक्षहरूलाई साझा निष्कर्षमा पुर्‍याउन सहयोग पुग्ने कुरा उहाँले स्पष्ट पार्नुभयो । 

महासंघ-रोजगारदाता परिषद्ले DECP संगको प्राविधिक सहयोगमा बिगतका बर्षहरूमा पनि विभिन्न तालिम, गोष्ठी कार्यक्रमहरू संचालन गदै आईरहेको र यो कार्यक्रम पनि यसैको निरन्तरता भएको उहाँले जानकारी दिनु भयो ।



सो कार्यक्रममा महासंघका उपाध्यक्ष किशोर प्रधान तथा महानिर्देशक धरणीधर खतिवडाले पनि सम्वोधन गर्नुभएको थियो । 



कार्यक्रममा DECP बाट देशीय निर्देशक एन्ड्रयू मोर (Mr. Andrew Moore, Country Director, DECP), कार्यक्रमका प्रम्ख स्रोत व्यक्ति एवं डीइसीपीका विशेष सल्लाहकार  (Mr. Dirk Joosse, Special Advisor, DECP) हुनुहुन्थ्यो । कार्यक्रमको समापनमा रोजगारदाता परिषद्का उपसभापति भरत आचार्यले सम्वोधन गर्नुभएको थियो ।
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by