Sep 20, 2019
महासंघका अध्यक्ष राणा सहित उद्यमी व्यवसायीहरू विभुषित,  अध्यक्ष राणाद्धारा झण्डोत्तोलन (२०७६/०६/०३)

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा सहित उद्यमी व्यवसायीहरू संविधान दिवसका अवसरमा सरकारद्धारा प्रदान गरिएको विभिन्न मानपदवी, अलंकार र पदकद्धार विभुषित हुनु भएको छ ।

महासंघका अध्यक्ष राणा र महासंघका उपाध्यक्ष एवं रोजगारदाता परिषदका सभापति चन्द्रप्रसाद ढकाल कीर्तिमय राष्ट्रदीपबाट विभुषित हुनु भएको छ । त्यसैगरी महासंघको महिला उद्यमी समितिका सभापति कमला श्रेष्ठ प्रवल जनपद श्री चौथोबाट विभुषित हुनुभएको छ भने अन्य उद्यमी व्यवसायीहरू पनि विभिन्न मानपदवीबाट विभुषित हुनु भएको छ ।  
मानपदवीबाट विभुषित हुनुभएकोमा नेपाल उद्योग वाणिज्य महासंघ परिवार अध्यक्ष राणा, उपाध्यक्ष ढकाल, महिला उद्यमी सभापति श्रेष्ठ सहित विभुषित हुने सवै उद्यमी व्यवसायीहरूलाई हार्दिक बधाई ज्ञापन गर्दछ ।


त्यसैगरी संविधान दिवसका अवसरमा महासंघका अध्यक्ष राणाले नेपाल उद्योग वाणिज्य महासंघ सचिवालय परिसरमा राखिएको नेपालको राष्ट्रिय झण्डाको एक समारोहका बीच झण्डोत्तोलन गर्नुभयो । साथै अध्यक्ष राणाले महासंघको झण्डा पनि झण्डोत्तोलन गर्नुभयो ।  

सो अवसरमा अध्यक्ष राणाले संविधान दिवसका अवसरमा सबै उद्यमी व्यवसायीहरूमा शुभ–कामना दिनुहुदै समृद्ध राष्ट्र निर्माणको अभियानमा सिंगो निजी क्षेत्र एक जुट भएर लाग्न आव्हान गर्नुभयो । साथै आर्थिक प्रगतिबाट मात्र राजनीतिक व्यवस्था दीगो र स्थायी हुने हुंदा मुलुकभित्र प्रगतिको वातावरण बनाउन सरकार, दल, नागरिक समाज सहित सिंगो देश एक हुनुपर्नेमा उहांले जोड दिनुभयो ।  


कार्यक्रममा महासंघका विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष चण्डिराज ढकाल, उपाध्यक्ष किशोर कुमार प्रधान, कार्यकारिणी समितिका सदस्यहरू, महासंघका महानिर्देशक धरणीधर खतिवडा, सचिवालयका वरिष्ठ कर्मचारीहरूको उपस्थिति थियो । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by