Sep 12, 2019
Business Impact of Digital Transformation विषयक सम्मेलन सम्पन्न  (२०७६/०५/२५)

महासंघ र द टाइमस् ग्रुप  (The times Group) को साझेदारीमा Business Impact of digital Transformation  विषयक एक दिने सम्मेलन सञ्चार, सूचना तथा प्रविधि मन्त्री माननीय गोकुल प्रसाद बास्कोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । संघ/संगठन एवं व्यक्तिगत जीवनमा प्रविधिबाट हुने फाइदाहरुमा जोड दिंदै सार्क मुलुकहरुको आर्थिक एवं सामाजिक विकासमा digital transformation  को महत्व दर्शाउने प्रमुख उद्देश्यले सम्मेलनको आयोजना गरिएको हो । 

सम्मेलन समुद्घाटन समारोहलाई संवोधन गर्नुहुंदै सञ्चार, सूचना तथा प्रविधि मन्त्री माननीय गोकुल प्रसाद बास्कोटाले digital transformation  को महत्व दिनानुदिन बढ्दै गएको बताउनुहुँदै आयोजित सम्मेलन नेपालमा समय सान्दर्भिक भएको प्रष्ट पार्नुभयो । नेपालमा विशेष गरेर  शिक्षा, स्वास्थ्य, कृषि लगायतका अन्य विभिन्न क्षेत्रहरुमा digital transformation बढावा दिन सरकारले डिजिटल नेपाल कार्यक्रम अघि बढाएको जानकारी गराउनुभयो । साथै मन्त्री बासकोटाले विश्वव्यापिकरणको रुपमा प्रविधि विस्तार भैरहँदा नेपालले समेत digital transformation मार्फत दिगो विकासको लक्ष्य लिएको जानकारी गराउनुभयो । 





सो अवसरमा महासंघका अध्यक्ष भवानी राणाले keynote speaker को रुपमा आफ्ना विचार व्यक्त गर्नुभयो । आजको समयमा उद्योगधन्दा एवं व्यवसायमा डिजिटल transformation गर्न निति/नियम रणनिति तथा नेतृत्व दक्ष जनशक्तिको विकास गरि सरकार एवं निजी क्षेत्र सूचना प्रविधि व्यवसाय लगायत अन्य सरोकारवालाहरु बीच सहकार्य हुनुपर्नेमा जोड दिनुभयो । संघिय प्रतिनिधिमुलक निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्यमहासंघले सूचना तथा संचार प्रविधि विकास समिति मार्फत सरकार लगायत अन्य सरोकारवाला निकायहरुसंग समन्वय गरि सूचना प्रविधिको प्रयोगद्धारा मुलुकको आर्थिक, सामाजिक एवं साँस्कृतिक विकासको लागि कार्य गर्दै आइरहेको समेत अध्यक्ष राणाले जानकारी दिनुभयो । 



उक्त अवसरमा आयोजित digital Nepal via digital transformationविषयक छलफल सत्रको संयोजन महासंघका सूचना तथा संचार प्रविधि विकास समितिका सभापति ईन्जिनियर विनोद ढकालले गर्नुभयो । उक्त सत्रमा वक्ताहरु सूचना प्रविधि विभागका महानिर्देशक लक्ष्मी प्रसाद यादव, नेपाल दूरसंचार प्राधिकरणका निर्देशक आनन्दराज, नविल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाह, एन एम बि बैंकका डिजिटल प्रमुख शिवराज उपाध्याय र अमेजन ईन्टरनेट सर्भिसेसका भारत र सार्क क्षेत्रका प्रमुख चन्द्र बलानी रहेका थिए । छलफल सत्रमा डिजिटल ट्रान्सफरमेसनको आवश्यकता एवं महत्व, यसका लागि उपलब्ध प्रविधि, सो कार्यान्वयनमा विद्यमान चुनौतीहरु एवं समाधानका उपायका विषयमा वितृत छलफल गरियो । 

कार्यक्रममा सूचना प्रविधि संग सम्बन्धित सरकारी निकायका अधिकारिहरु, सूचना प्रविधिजन्य व्यवसायमा आवद्ध व्यवसायीहरु, उद्योगि व्यवसायिहरु, बैंकर्स लगायतको उपस्थिति रहेको थियो ।
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by