Aug 29, 2019
महासंघमा तीजका अवसरमा शुभ-कामना आदान प्रदान कार्यक्रम (२०७६/०५/१२)

हिन्दू नारीहरूको पवित्र पर्व हरितालीका तीजको पूर्व सन्ध्यामा नेपाल उद्योग वाणिज्य महासंघमा आज शुभ-कामना आदान प्रदान कार्यक्रम आयोजना गरियो ।

सो अवसरमा महासंघका अध्यक्ष भवानी राणाले महासंघमा कार्यरत कर्मचारीहरूमा शुभ-कामना आदान प्रदान गर्नुभयो । कार्यक्रममा महासंघमा कार्यरत कर्मचारीहरूको उपस्थिति रहेको थियो ।  

शुभ-कामना आदान प्रदान पश्चात दरखाने कार्यक्रम समेत राखिएको थियो । महासंघले प्रत्येक वर्ष यो कार्यक्रम आयोजना गर्दै आएको छ । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by