Aug 27, 2019
महासंघका अध्यक्ष राणा नेपालका लागि सद्भावना राजदूतमा नियुक्त (२०७६/०५/१०)

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले भारतको मध्यप्रदेश राज्यको इन्दौरमा एशियाटिक लिवरल मल्टीफेरियस एसोसिएसन र वर्ल्ड बुक्स अफ रेकर्डस (Asiatic Liberal Multifarious Association-ALMA & World Book of Records-UK) को संयुक्त तत्वावधानमा हालै आयोजित २० औ सर्वोत्कृष्ट राष्ट्रिय सम्मान कार्यत्रम (20th Ceremony of National Excellence Awards) लाई संवोधन गर्नुभयो ।
 
अध्यक्ष राणाले ऊक्त कार्यत्रममा प्रमुख अतिथिको रूपमा सहभागी भई संवोधन गर्नुभएको हो । सोही समारोहमा अध्यक्ष राणालाई आयोजक सँस्थाद्वारा नेपालका लागि सदझावना राजदूत (Goodwill Ambassador) मा नियुक्ति गरिएको छ । सो समारोहमा प्रमुख अतिथि अध्यक्ष राणाले विभिन्न ३०० व्यक्ति, उद्योग प्रतिष्ठानहरूलाई सर्वोत्कृष्ट राष्ट्रिय सम्मानबाट सम्मानित गर्नुभयो ।
 
समारोहलाई संवोधन गर्दै अध्यक्ष राणाले नेपाल भारत बीचको आपसी सम्बन्धका वारेमा चर्चा गर्दै नेपालको आर्थिक विकासमा आपसी सहयोग र सहकार्यमा जोड दिनुभयो । वाह्य लगानी आकर्षण गरी मुलुकभित्र रोजगारी सृजना गर्नेतर्फ नेपाल सरकार तथा निजी क्षेत्रको जोड रहेको भन्दै अध्यक्ष राणाले यसका लागि आवश्यक मानव संशाधन विकास र स्वरोजगार सृजनामा एएलएमए र वर्ल्ड बुक्स अफ रेकर्डस् जस्ता संस्थासंग सहकार्य गर्न महासंघ तयार रहेको बताउनु भयो ।

नेपाल राजनीतिक स्थिरतासंगै आर्थिक विकासको मार्गमा अगाडी बढेको र वाह्य लगानी आकर्षणका लागि समेत क्रियाशिल रहेकाले रोजगारी सृजना हुने क्षेत्रमा सहकार्य गर्न भारतीय उद्यमीहरूलाई आग्रह गर्नुभयो । 

एएलएमएले स्थापनाको दुई दशकमा वातावरण संरक्षण, शिक्षा, स्वास्थ्य, दीगो विकास, सूचना प्रविधि लगायतका क्षेत्र मार्फत स्वरोजगार सृजनामा पाएको सफलता र वर्ल्ड बुक्स अफ रेकर्डसले मानिसको चौतर्फी विकासमा निर्वाह गरेको भूमिकाको प्रशंसा गर्नुभयो । 

दुवै संस्थाको कार्य अत्यन्त अनुकरणीय रहेको झन्दै अध्यक्ष राणाले यी संस्थासंग जोडिएका अतिविशिष्ट व्यक्तिहरुसंग कार्यत्रम मार्फत जोडिन पाउंदा आफूलाई अत्यन्त खुशी लागेको र यसबाट नेपालले समेत फाइदा उठाउन सक्ने बताउनु भयो । साथै अध्यक्ष राणाले कार्यक्रमको सफलताको कामना पनि गर्नुभयो । 

एएलएमएले लिएका कतिपय उद्देश्यहरू नेपालभित्र सरकार पछि दोस्रो ठूलो कार्य संजाल रहेको महासंघका उद्देश्यहरूसंग समान रहेको भन्दै अध्यक्ष राणाले दीगो सामाजिक आर्थिक विकासको प्रवर्द्धन, वातावरणमैत्री व्यवसाय तथा सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, संस्थागत सुशासन, यूवा तथा महिला उद्यमशीलताको प्रवर्द्धन, नयां नयां व्यवसायको प्रवर्द्धनमा महासंघ क्रियाशिल रहेको स्पष्ट पार्नुभयो । 

महासंघले पनि प्रत्येक वर्ष राष्ट्रिय सर्वोत्कृष्ट सम्मान (National Excellence Award) को आयोजना माध्यमबाट उद्योग व्यवसाय, कम्पनी, उद्योग प्रतिष्ठान, उद्यमी व्यवसायीहरूलाई प्रोत्साहित गर्दै गएको जानकारी गराउनुहुंदै अध्यक्ष राणाले यसले समग्रमा जिम्मेवार व्यवसाय विकास, कर्पोरेट वर्ल्डसंगको सम्बन्ध विस्तारमा सहयोग पुगेको स्पष्ट पार्नुभयो । अध्यक्ष राणाले महासंघ दुवै संस्थासंग आगामी दिनमा सहकार्य गर्न इच्छुक रहेको समेत बताउनु भयो । 

सरकारी, निजी क्षेक्रका विशिष्ट व्यत्तित्वहरू गरी चारसय जनाको सहझागिता रहेको कार्यक्रमका अवसरमा अध्यक्ष राणाले कार्यत्रमका दौरान विशिष्ट व्यक्तित्वहरूसंग भेटवार्ता समेत गर्नु भएको थियो । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by