Aug 23, 2019
चिलिनमा आयोजित १२ औं चीन-उत्तरपूर्वी एशिया मेलामा नेपालको सहभागिता- उत्तरपूर्वी एशिया फोरम बैठकलाई महासंघका विशिष्ट सदस्य ढकालद्वारा संवोधन (२०७६/०५/०६)

नेपाल उद्योग वाणिज्य महासंघका विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष चण्डिराज ढकाल सहित महासंघको प्रतिनिधिमण्डलले चीनको चिलिन प्रान्तको छाङछुङमा आजदेखि आयोजित १२ औं चीन-उत्तरपूर्वी एशिया मेला (12th China-Northeast Asia Expo-2019 र औद्योगिक तथा व्यवसायिक सहयोग सम्बन्धी उत्तरपूर्वी एशिया फोरम बैठक (2019 Northeast Asia Forum on Cooperation between Industry and Business) मा भाग लियो । विशिष्ट सदस्य ढकाल सार्क उद्योग वाणिज्य संघको उफाध्यक्ष समेत हुनुहुन्छ । 
  
दुवै कार्यक्रmम चीनको वाणिज्य मन्त्रालय (Ministry of Commerce), अन्तराष्ट्रिय व्यापार प्रवर्द्धनका लागि चिनियाँ परिषद्को चिलिन प्रान्तिय समिति र चिलिन प्रान्तिय सरकारद्वारा (CCPIT and the People’s Government of Jilian, especially to the CCPIT Jilian Provincial Committee) आयोजना गरिएको हो । 



फोरम बैठककै क्रममा महासंघको प्रदेश नम्वर १ च्याप्टर र अन्तराष्ट्रिय व्यापार प्रवर्द्धनका लागि चीनको होहहोट फरिषद् (China Council for Promotion of International Trade Hohhot Council) बीच आर्थिक तथा व्यापारिक सम्बन्ध विस्तारमा सहकार्य गर्ने उद्देश्यले एक सहमतीपत्र (MoU) मा हस्ताक्षर समेत भयो । सहमतीपत्रमा महासंघका विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष ढकालले महासंघको प्रदेश नम्वर १ का तर्फबाट हस्ताक्षर गर्नुभयो । आर्थिक व्यापारिक सम्बन्धलाई थप मजवुद बनाउने र संयुक्त लगानीका अवसरको पहिचान गर्ने कार्यमा आपसी सहकार्य गर्ने कुरा सहमतीपत्रमा उल्लेख गरिएको छ । 

विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष ढकालले औद्योगिक तथा व्यवसायिक सहयोग सम्बन्धी उत्तरपूर्वी एशिया फोरम बैठकलाई नेपाली निजी क्षेत्रको तर्फबाट संवोधन गर्नुभयो । फोरम बैठकको मुख्य विषय एक रोड एक क्षेत्रको प्रयासभित्र उत्तरपूर्वी एशियाली राष्ट्रहरूको आर्थिक व्यापारिक सहयोग (Northeast Asia economic and trade cooperation under the framework of "One Belt And One Road" initiative) रहेको थियो । बैठकमा विशिष्ट सदस्य ढकालले एक रोड एक क्षेत्र र क्षेत्रीय आर्थिक एकिकरणः उद्योग वाणिज्य संघहरू बीच सहयोग अभिवृद्धि विषयमा मन्तव्य (यसैसाथ संलग्न) दिनु भयो । 

चीन तथा उत्तरपूर्वी एशियाका राष्ट्रहरूको सहभागिता रहेको सो कार्यक्रमलाई संवोधन गर्नुहुंदै विशिष्ट सदस्य ढकालले नेपालमा पूर्णत राजनीतिक स्थिरता रहेको र सरकारले आर्थिक विकास र बाह्य लगानी आकर्षणलाई मुख्य एजेण्डाका रूपमा अगाडी बढाएकाले नेपालमा आएर लगानी गर्न चीन तथा सहभागी देशका उद्यमी व्यवसायीहरूलाई आग्रह गर्नुभयो । उत्तरपूर्वी एशियाली राष्ट्रहरू र विशेष गरी सीसीपीआइटी, नेपाल उद्योग वाणिज्य महासंघ र सार्क उवासंघको सहकार्यमा यस क्षेत्रमा स्वतन्त्र व्यापार तथा व्यापार विविधिकरणका निकै धेरै कार्य गर्न सकिने कुरा उहांले स्पष्ट पार्नुभयो । नेपालका तर्फबाट चिलिनमा आयोजित कार्यक्रममा भाग लिन पाएकोमा खुशी प्रकट गर्नुहुंदै उहांले यसबाट नेपाल र चिलिन मेलामा भागलिन आउने देशका निजी क्षेत्र बीच आपसी सम्बन्ध थप मजवूद हुने दावी गर्नुभयो ।  



सोही बैठककै क्रममा विशिष्ट सदस्य ढकाल र चिलिन प्रान्तको राजनीतिक परामर्श कन्फेरेन्सका उपाध्यक्ष चाओ सीयाओ चुन (Mr. Zhao Xiao Jun, Vice President, Jilin Provincial Committee of Chinese people’s Political Consultative Conference) बीच भेटवार्ता समेत भएको छ ।  १२ औं चीन-उत्तरपूर्वी एशिया (12th China-Northeast Asia Expo) मेलामा महासंघको तर्फबाट ९ वटा स्टलहरू मार्फत नेपाली वस्तु तथा सेवाहरूको प्रर्दशनी गरिएको छ । ऊक्त कार्यत्रममा महासंघको व्यापार मेला समितिका सहसभापति सविन श्रेष्ठ र महासंघका उपनिर्देशक विष्णु राज ढकालको पनि सहभागिता रहेको छ । 
  Download Attachment

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by