Aug 16, 2019
महासंघको रिक्त कोषाध्यक्ष पदमा निरक के.सी. निर्वाचित (२०७६/०४/३१)

नेपाल उद्योग वाणिज्य महासंघको वर्तमान कार्यकारिणी समितिमा रिक्त कोषाध्यक्ष पदमा महासंघको वर्तमान कार्यकारिणी समितिका सदस्य निरक के.सी. निर्विरोध निर्वाचित हुनु भएको छ । 

अध्यक्ष भवानी राणाको अध्यक्षतामा आज सम्पन्न महासंघको कार्यकारिणी समितिको १३ औं बैठकबाट श्री के.सी. कोषाध्यक्ष पदमा निर्वाचित हुनु भएको हो । अध्यक्ष राणाले नवनिर्वाचित कोषाध्यक्ष के.सी.लाई आजै पद तथा गोपनियताको सपथ ग्रहण गराउंदै बधाई समेत दिनुभयो ।

कार्यकरिणी समितिको बैठकले महासंघको विद्यमान विधान संशोधन, उद्यमी व्यवसायीहरूले भोग्नु परेका समस्या तथा मुलुकको उद्योग व्यवसायको समग्र अवस्थाका विषयमा छलफल समेत गरेको छ ।

बैठकमा महासंघका पदाधिकारी एवं कार्यकारिणी समितिका सदस्यहरूको सहभागिता रहेको थियो । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by