May 12, 2016

 

माननीय अर्थमन्त्री विष्णु प्रसाद पौडेल समक्ष नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले आज नेपाल सरकारको आर्थिक वर्ष २०७३/७४ को वार्षिक वजेटका लागि निजी क्षेत्रको तर्फबाट अर्थ मन्त्रालयमा सुझाव पेश गर्नुभयो ।

अर्थराज्यमन्त्री, अर्थमन्त्रालयका राजस्व सचिव, अर्थमन्त्रीका आर्थिक सल्लाहकार सहित सो मन्त्रालय अन्तरगतका विभिन्न विभागका विशिष्ट अधिकारीहरु, महासंघका पदाधिकारी, कार्यकारिणी समिति सदस्यहरु, महासंघका सदस्य संघ संस्थाहरु, उद्यमी व्यवसायीहरुको उपस्थितिमा अध्यक्ष मुरारकाले आगामी बजेट नयां संविधानको घोषणा पश्चात पहिलोपटक आउने वजेट मुलुकलाई आर्थिक समृद्धि तर्फ लैजाने खालको आउनु पर्ने धारणा राख्नु भयो ।

अध्यक्ष मुरारकाले पेश गर्नुभएको महासंघको वजेट सुझावको लागि यहाँ क्लिक गर्नु होला ।

निजी क्षेत्रको सुझाव ग्रहण गर्नुहुंदै अर्थमन्त्री पौडेलले मुलुक अत्यन्त संकटग्रस्त अवस्थाबाट गुज्रिरहेको अहिलेको अवस्थामा सरकारले मुलुक निर्माणको उद्देश्य राखेर ल्याउने बजेट निजी क्षेत्र मैत्री, लगानी मैत्री हुने विश्वास समेत दिलाउनु भयो ।

सरकारले निजी क्षेत्रलाई कर्नरमा पारेर बजेट ल्याउंदै छ भन्ने जस्ता पनि हल्ला सुनेको छु तर त्यस्ता हल्लाका पछि नलाग्न अनुरोध गर्दै अर्थमन्त्रीले सरकार निजी क्षेत्रसंगको सहकार्यमा मुलुक निर्माणमा अगाडी बढ्ने विश्वास दिलाउनु भयो ।

अर्थमन्त्रीले आगामी वजेट उत्पादन वृद्धि, रोजगारी सृजना, गरिवी न्यूनिकरणमा केन्द्रीत हुने भन्दै अर्थमन्त्रीले निजी क्षेत्रको आत्मविश्वास बढाउने हिसावले आउने पनि वताउनु भयो ।

महासंघले निजी क्षेत्रका तर्फबाट दिएका सुझावहरुलाई आफूहरुले राम्रोसंग अध्ययन गरि सम्भव र आवश्यक सुझावहरुलाई आगामी बजेटमा समावेश गर्ने विश्वास समेत दिलाउनु भयो ।

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by