May 01, 2016

 

१२७ औ अन्तर्राष्ट्रिय मजदूर दिवस (मे दिवस) को उपलक्ष्यमा सबै श्रमिक, दाजुभाई तथा दिदी वहिनीहरुमा शुभकामना व्यक्त गर्न पाउँदा अत्यन्त खुशी लागेको छ ।

गत वर्षको विनाशकारी भूकम्प, त्यसपछि सीमा क्षेत्रमा आएको आपूर्ति समस्या र नाकाबन्दीले मुलुकको अर्थतन्त्रमा निकै ठूलो समस्या पर्दा त्यसको पीडा हामी सबैले भोग्नु परेको यथार्थता सबैमा विदितै छ । यतिखेर हाम्रा सामु उद्योग व्यवसाय क्षेत्र र मुलुकको अर्थतन्त्रमा परेको नोक्सानीको क्षतिपूर्ति गर्नु पर्ने चुनौती अहम् छ ।

रोजगारदाता र श्रमिक बीचको समझदारी, सहकार्य र साझा प्रयासबाट मात्र हामी यो कठिन स्थितिबाट मुक्त हुन सक्छौ भन्ने हाम्रो विश्वास छ । आर्थिक वृद्धि, लगानी र रोजगारीका क्षेत्रमा मुलुकले भोग्नु परिरहेको यो विषम परिस्थितिमा औद्योगिक शान्तिको सुनिश्चितता गर्दै हाम्रो सहयात्रा अघि बढाउन यो वर्षको मे दिवसले हामी सवैलाई उत्प्रेरित गरोस भन्ने अपेक्षा सहित सबै मित्रहरुमा वधाई एवं शुभेच्छा व्यक्त गर्दछु ।

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by