Apr 10, 2016
महासंघको ५० औं वार्षिक साधारण सभा एवं उवा दिवस २०७२ को समुद्घाटनः मुलुकभित्र उद्योग व्यवसायको विकासमा महासंघले खेलेको भूमिकाको प्रधानमन्त्रीद्वारा प्रशंसा (२०७२/१२/२८)

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा नेपाल उद्योग वाणिज्य महासंघको स्वर्ण वर्ष समारोह, ५० वार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिवस २०७२ को आज एक समारोहका बीच समुद्घाटन सुसम्पन्न भयो । सो अवसरमा प्रधानमन्त्रीले महासंघको ५० औ स्वर्ण वर्षको लोगो तथा महासंघको सम्पूर्ण सूचना जानकारी समेटिएको मोवाइल एप्स (FNCCI Mobile Apps) को समेत अनावरण गर्नुभयो ।

समारोहलाई संवोधन गर्नुहुंदै प्रमुख अतिथि प्रधानमन्त्री ओलीले ५० औं वर्षको अवसरमा समग्र निजी क्षेत्रको प्रतिनिधित्व गर्दै आएको नेपाल उद्योग वाणिज्य महासंघको निरन्तर प्रगतिका लागि शुभकामना दिनु भयो ।

मुलुक भित्र उद्योग, व्यवसायको विकास, औद्योगिक विकासमा महासंघले खेलेको नेतृत्वदायी भूमिकाको प्रशंसा गर्दै प्रधानमन्त्रीले अवको आर्थिक क्रान्तिको नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघ सफल हुने विश्वास प्रकट गर्नुभयो । प्रधानमन्त्रीले महासंघले आर्थिक विकासमा पुर्‍याएको योगदान असाधारण रहेको समेत बताउनु भयो ।

सो अवसरमा सम्माननीय प्रधानमन्त्रीज्यूले महासंघका सदस्य संघ संस्था सहित अन्य विभिन्न संघ संस्था र महासंघका कर्मचारीहरुलाई कदर पत्रबाट सम्मानित गर्नुभयो ।

विभिन्न विधामा उत्कृष्ट भई सम्मानित हुने उवासंघहरुको नामावली यसैसाथ संलग्न छ ।

सोही समारोहमा आर्थिक पत्रकारिताका माध्यमबाट मुलुकको समग्र अर्थतन्त्रका विषयमा निर्वाह गरेको भूमिका र योगदानको कदर गर्दै नेपाल आर्थिक पत्रकार समाज(सेजन) लाई नगद सहित कदर पत्रबाट सम्मानित गरियो । नगद सहित कदरपत्र सेजनका अध्यक्ष गोकर्ण अवस्थीले ग्रहण गर्नुभयो ।

सोही समारोहमा राष्ट्रिय तथा अन्तराष्ट्रिय व्यापार मेला आयोजनामा सहयोग, कृषिको व्यवसायीकरण एवं व्यापार प्रवद्र्धन गर्ने कार्यमा पुऱ्याएको योगदानका लागि व्यापार तथा निकासी प्रवद्र्धन केन्दलाई सम्मानित गरियो । सो अवसरमा व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका प्रमुख कार्यकारि अधिकृत ईश्वरी प्रसाद घिमिरेले कदर पत्र ग्रहण गर्नुभयो ।

यस वर्षको शुरुमै गएको विनासकारी भुकम्पबाट प्रभावित जनताहरुको सहयोगार्थ महासंघले संचालन गरेको Operation Relief Camp मा स्वयम् सेवकको रुपमा रहेर कार्य गर्ने १२०० स्वयम् सेवकहरुलाई प्रशंसापत्र प्रदान गरियो । स्वयम सेवकहरुको तर्फबाट संजोग ठकूरीले प्रशंसापत्र ग्रहण गर्नुभयो ।

त्यसैगरि महासंघमा २५ वर्ष निरन्तर सेवा गर्नुहुने महासंघका कर्मचारीहरु सहायक निर्देशक विकास वज्राचार्य र कनिष्ठ सहायक रामेश्वर प्रधानलाई नगद सहित कदरपत्रबाट सम्मानित गरिएको थियो ।

साधारण सभाको आयोजनामा सघाउने ग्लोवल आइएमई बैंक, वोटलर्स नेपाल र अर्घाखांची सिमेन्टलाई पनि सो अवसरमा प्रशसापत्रबाट सम्मानित गरियो ।

कार्यक्रमको अन्त्यमा महासंघका वरिष्ठ उपाध्यक्ष भवानी राणाले धन्यवाद मन्तव्य प्रकट गर्नुभयो । धन्यवाद मन्तव्य यसैसाथ संलग्न छ ।

समुद्घाटन समारोहमा मन्त्रीहरु, सांसदहरु, विशिष्ट अतिथिहरु, राजदुतहरु कुटनीतिक नियोगका प्रमुखहरु, संवैधानिक अंगका प्रमुखहरु, राजनीतिक दलका नेताहरु, नेपालको विकासका साझेदार संस्थाका प्रमुखहरु, उच्चपदस्थ सरकारी अधिकृतहरु, ट्रेड यूनियनका नेताहरु, उद्योग व्यवसाय क्षेत्रका अग्रजहरु, प्रमुख अर्थविदहरु, महासंघका पूर्व अध्यक्षहरु, विशिष्ट सदस्यहरु, कार्यकारिणी समितिका साथीहरु, पूर्व पदाधिकारीहरु र संचारकर्मीहरुको उपस्थिति थियो ।

समुद्घाटन समारोह पश्चात अर्थमन्त्रीको प्रमुख आतिथ्यतामा आर्थिक विषय वस्तु तथा जिल्लाका व्यवसायीहरुले भोग्नु परेका समस्या लगायतका विषयमा छलफल भयो । सो अवसरमा अर्थ मन्त्रालय अन्तरगतका बिभिन्न विभागका महानिर्देशकहरुको समेत सहभागिता रहेको थियो ।

भोली बिहान वाणिज्य तथा श्रम मन्त्री श्री दिपक बोहराको प्रमुख आतिथ्यतामा वाणिज्य तथा श्रमका बिषयमा छलफल हुने कार्यक्रम छ भने महासंघको वार्षिक साधारण सभामा मुलुकभरबाट भाग लिन आउनु भएका उद्यमी व्यबसायीहरुले सांझ प्रधानमन्त्री समक्ष वालुवाटारमा भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

Download documents from here: http://www.fncci.org/events/detail.php?id=64

For more photographs: https://www.facebook.com/media/set/?set=a.1168315263202823&type=3&__xts__%5B0%5D=68.ARC6UaExcnozVVa5Whm9JGPxa07-E34kUIFd2WNF_jzvlHLfA9V7ptzLYcDMerx-1BeChc3NjNrA943-OLjFqIXS42o_wWNKAiYClHq6oGH_bsfar2zp06REdPrADTin16zxOnvkxJkZ57mr6YBr1_nJmNQZry7iH4sCm2R__h3Z2VoR7M6OORF3gvFjQ0ENIWJ8Yr6HksTHCDEnoxaWHvMVTBxInqhlzl59hXQXYmKSdeQzgnCTAiPGiNDBdNitB77J5M5oYRJUaJqCaM6cwaGyd47qugKrhN2KNK4ZhWiEoIPWerhHzETTOJeEKv9hUdgBA_LQl4jbgWiWXxvKxC1dCRS-UUO97v67tgP4GoBfQvJ0ASivMBTTgBbRDWVIWupT5DmmdCaFSueQ4q8QoDpmN2Tcy0VbAE_ykEFlqclAEm0XWsHXyVqhnowgUH7oX7Wdj3qfyjkzw3YYlebV&__tn__=-UC-R

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by