May 19, 2017
महासंघका अध्यक्ष राणाको स्वागतमा नेपालगंजमा कार्यक्रम

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले राजनीतिक अस्थिरताबाट आक्रान्त निजी क्षेत्रलाई आर्थिक विकासको बाटोमा तिव्र गतिले अगाडी लिएर जाने बताउनु भएको छ । 
महासंघका नवनियुक्त अध्यक्ष राणाको स्वागतमा नेपालगंज उद्योग वाणिज्य संघले हालै नेपालगंजमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष राणाले सो कुरा बताउनु भएको हो ।
अध्यक्ष राणाले भन्नु भयो । स्थानीय तहको निर्वाचनबाट विकासको ढोका खुल्ने जनाउदै निर्वाचन सफल पार्ने दायित्व उद्योगी व्यवसायी लगायत सबै नेपालीको हो । 
राज्यले उत्पादनशील उद्योगलाई प्राथमिकता दिएर अगाडी बढ्नु पर्ने कुरामा आफुले जोड दिंदै आएको बताउनुहुंदै अध्यक्ष राणाले मध्यपश्चिमाञ्चल क्षेत्रको आर्थिक समुन्नतीका लागि आफुले विशेष पहल गर्ने प्रतिबद्धता समेत जनाउनु भयो । 
कार्यक्रममा संघका अध्यक्ष नन्दलाल बैश्यले नेपालगन्जले महासंघमा पहिलो पटक अध्यक्ष पाएकोमा स्थानीय उद्योगी व्यवसायी निकै खुशी भएको र धेरै आशा गरिएको बताउनु् भयो । उहांले यस क्षेत्रका उद्योगी व्यवसायीको समस्या समाधान लगायत यस क्षेत्रको समग्र आर्थिक विकासका लागि अपेक्षा गरिएको समेत जनाउनु भयो । 
बांकेमा बिशेष आर्थिक क्षेत्र निर्माणको काम र कोहलपुरमा औद्योगिक क्षेत्रको कामलाई अघि बढाउन सहयोग गर्न उहांले महासंघलाई सो अवसरमा आग्रह समेत गर्नुभयो । 
सो अवसरमा संघका पदाधिकारी एवं स्थानीय उद्यमी व्यवसायीहरुको सहभागिता रहेको थियो । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by