May 07, 2017
चितवनउवासंघद्वारा शुभकामना आदान प्रदान, क्यालेण्डर विमोचन तथा पीन वितरण
नव वर्ष २०७४ सालको सुखद उपलक्ष्यमा उद्योग वाणिज्य संघ–चितवनले शुभकामना आदान प्रदान, क्यालेण्डर विमोचन तथा सदस्यहरुलाई संघको पीन वितरण गर्ने कार्यक्रमको आयोजना गरेको थियो । संघका संस्थापक सचिव एवम् पूर्व अध्यक्ष कृष्णवन्धु पियाले बि. सं. २०७४ सालको क्यालेण्डर विमोचन गर्नुभएको थियो भने अध्यक्ष राजन गौतमले संस्थापक सचिव एवम् पूर्व अध्यक्ष कृष्णवन्धु पियालाई नवनिर्मित संघको पिन लगाईदिनुभएको थियो । कार्यक्रममा उपस्थित पूर्व अध्यक्ष र पदाधिकारीहरुलाई संघका अध्यक्षले पीन लगाईदिनुभएको थियो भने अध्यक्ष गौतमलाई संस्थापक सचिव एवम् पूर्व अध्यक्ष पियाले पिन लगाईदिनुभएको थियो । 

कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै अध्यक्ष राजन गौतमले सबैलाई नयाँ वर्षको शुभकामना व्यक्त गर्दै सुख, शान्ति, समृद्धि र उद्योग व्यवसायको उन्नती र प्रगतिको कामना गर्नुभएको थियो । अध्यक्ष गौतमले छिट्टैनै स्थानिय निकायको नेतृत्व चयनको लागि निर्वाचन हुन लागिरहेकोमा खुशी व्यक्त गर्दै सबैलाई मतदान प्रक्रियामा भाग लिएर आफ्ना उम्मेदवारहरुलाई विजयी गराउन आगह गर्नुभएको थियो । उहाँले छिट्टैनै स्थानिय निकायका उम्मेदवारहरुसंग उद्योगी तथा व्यवसायीहरुको एजेण्डाको बारेमा छलफल गर्नका लागि अन्तत्र्रिmया कार्यक्रमको आयोजना गरिने आफ्नो योजना समेत रहेको बताउनुभएको थियो ।  

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी समिति सदस्य एवम् संघका निवर्तमान् अध्यक्ष कल्याण जोशीले चितवनको उद्योगी तथा व्यवसायीहरुको आवाजलाई बुलन्द बनाउन आपूmले नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिमा उम्मेदवारी दिएर विजयी भएको क्षणलाई स्मरण गर्दै यो मौकालाई सम्पूर्ण उद्योगी तथा व्यवसायीहरुको हितलाई ध्यानमा दिई काम गरेर सदुपयोग गर्ने बताउनुभएको थियो । यसैगरी अर्का बक्ता उद्योग संघ, चितवनका उपाध्यक्ष राजु पौडेलले उद्योगी व्यवसायीहरुको हितका लागि उद्योग वाणिज्य संघ–चितवनले आयोजना गर्ने सम्पूर्ण काममा उद्योग संघ चितवन साथमा रहने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि एवम् संघका संस्थापक सचिव तथा पूर्व अध्यक्ष कृष्णवन्धु पियाले चितवनमा प्रादेशिक राजधानी स्थापना गर्ने सन्दर्भमा संघले राजनीतिक दलहरुसंग छलफल तथा सहकार्य गर्नुपर्नेमा जोड दिनुभएको थियो । अर्का बक्ता संघका वरिष्ठ उपाध्यक्ष राजु श्रेष्ठले नारायणगढको मेनरोड बजार संरक्षणको आवाजलाई सम्पूर्ण व्यवसायीहरु एकजुट भई बुलन्द पार्नुपर्ने भन्दै उपस्थित सबैलाई हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियो । संघका पूर्व अध्यक्षज्यूहरु, कार्यसमिति, वस्तुगत संघ, उपसमिति, कर्पाेरेट सदस्यहरु, साधारण सदस्यहरु र स्थानिय तथा सुरक्षा निकायका प्रमुखहरुको समेत उपस्थितिमा सम्पन्न भएको सो कार्यक्रमको सञ्चालन संघका कार्यकारी निर्देशक रसिक प्रधानले गर्नुभएको थियो ।

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by