May 05, 2017
मकवानपुर अध्यक्ष न्यौपानेले राष्ट्रपतिलाई २५ मिटर सडकको ध्यानाकर्षण गराए

बैशाख २१, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य राजकुमार न्यौपानेले आज काठमाडौंमा राष्ट्रपति विद्या भण्डारीलाई हेटौंडाको सडक विस्तारले हजारौं व्यवसायी र घरधनीलाई पारेको प्रभावको बिषयमा राष्ट्रपतिको ध्यानाकर्षण गराएका छन् । न्यौपानेसँगको भेटमा राष्ट्रपति भण्डारीले बैकल्पिक उपाय प्रशस्त छन् भने यस तर्फ अघि बढ्न सम्बन्धित मन्त्रालय तथा निकायसँग यस सम्बन्धमा आफूले कुरा गर्ने बताउनु भएको न्यौपानेले बताएका छन् ।     

राष्ट्रपति कार्यालयले नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारी तथा कार्यसमितिलाई आज बधाई तथा शुभकामना कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष भवानी राणा सहित महासंघका पदाधिकारी तथा कार्यसमितिका सदस्यहरुको सहभागिता रहेको थियो ।

 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by