May 01, 2017

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा र महासंघका उपाध्यक्ष एवं रोजगारदाता परिषद्का सभापति चन्द्रप्रसाद ढकालले १२८ औं अन्तर्राष्ट्रिय मे दिवसका अवसरमा सम्पूर्ण श्रमिक कामदार दाजुभाई तथा दिदी बहिनीहरुमा शुभकामना संदेश व्यक्त गर्नु भएको छ ।

आफ्नो संदेशमा अध्यक्ष राणाले भन्नु भएको छ – मे दिवसले श्रमिक कामदारको लागि विशेष महत्व राख्दै आएको भए पनि आजको परिवर्तित वातावरणमा श्रमिक र रोजगारदाता सबैको लागि यो दिवस उत्तिकै महत्वपूर्ण हुन गएको छ ।

औद्योगिक शान्ति र असल श्रम सम्बन्धको विकासको लागि हामीले गर्दै आएको प्रयास र हामी बीचको सहकार्यबाट आपसी विश्वास र सहयोग प्रबद्र्धनमा ठूलो बल पुगेको हामीले महसूस गरेका छौं । लगानी प्रबद्र्धन र रोजगारी सिर्जना प्रमुख चुनौति रहेको सन्दर्भमा मे दिवसले हामी सबैलाई मुलुकको आर्थिक विकास र समुन्नतिका लागि थप सहयोग र सद्भावका साथ अघि बढ्न प्रेरित गरोस भन्ने अपेक्षा सहित सबै कर्मशील साथीहरुको समुन्नतीको कामना गर्दछु,–अध्यक्ष राणाले आफ्नो संदेशमा भन्नु भएको छ ।


त्यसैगरि उपाध्यक्ष एवं रोजगारदाता परिषदका सभापति ढकालले आफ्नो संदेशमा भन्नु भएको छ–उद्योग व्यवसायको विस्तार, आर्थिक बृद्धि र पर्याप्त रोजगारी सिर्जना अहिलेको आवश्यकता हो । हाम्रा सामू रहेका यी चुनौती र आवश्यकतालाई मध्यनजर गरी मुलुकको अर्थतन्त्रको विकास र हाम्रो समुन्नतिका लागि हाम्रो प्रयत्न र प्रतिबद्धताको विकल्प छैन । यसर्थ हामीले थप सहकार्य र सहयोगका माध्यमबाट अघि बढ्नु पर्छ भन्ने हाम्रो विशेष आग्रह हो । 

श्रम सम्बन्ध सुधारका लागि हामीले ट्रेड यूनियनसंग गर्दै आएको सहकार्यले हामी बीच आपसी विश्वास बृद्धि गर्न ठूलो सहयोग पुगेको महसूस गरेका छौं । हामी हाम्रो सम्बन्धलाई अझ भरपर्दो बनाउन प्रयत्नशील रहने विश्वास दिलाउन चाहान्छौं । दीगो औद्योगिक शान्ति, रोजगारी सिर्जना र आर्थिक समृद्धि यीनै साझा लक्ष्यका साथ सहयात्रा गर्न मे दिवसले हामी सबैलाई थप उत्प्रेरणा प्रदान गर्न सकोस भन्ने विश्वासका साथ सम्पूर्ण श्रमिक कामदार साथीहरुको सुस्वास्थ्य र समुन्नतीको कामना गर्दछु–सभापति ढकालले आफ्नो मन्तव्यमा उल्लेख गर्नुभएको छ ।
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by