May 14, 2026
चितवन उवासंघमा आइएसओ ९००१ः२०१५ को गुणस्तर व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न

३० बैशाख, भरतपुर,

चितवन उद्योग वाणिज्य संघको तालिम कक्षमा आइएसओ ९००१ः२०१५ को गुणस्तर व्यवस्थापन प्रणलीको आन्तरिक गुणस्तर परिक्षणसम्बन्धी तीन दिने तालिम सम्पन्न भएको छ । तालिम नेशनल सर्टिफिकेसन एण्ड म्यानेजमेन्ट नेपाल प्रा.लिको आयोजना एवम् चितवन उद्योग वाणिज्य संघको सहकार्यमा भएको हो ।

तालिमको उद्घाटन सत्रमा स्वागत मन्तव्य व्यक्त गर्दै चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदीले गुणस्तर व्यवस्थापन प्रणालीले संस्थाको विश्वसनियता, सेवा गुणस्तर र कार्यकुशलता वृद्धि गर्न सहयोग गर्ने बताउँदै कार्यालयको गुणस्तर सुधारका लागि कर्मचारीहरु तथा नेतृत्वलाई तालिमको तालिमको आवश्यकता पर्ने बताउँनुभएको थियो । उहाँले तालिममा सक्रिय रुपमा सहभागि भई लाभान्वित हुनका साथै जिज्ञासा लागेको कुरा निर्धक भएर प्रशिक्षकज्यूहरूलाई सोध्न सहभागिहरूलाई अनुरोध गर्नुभयो ।

वैशाख २८ गते देखि ३० गते सम्म तीन दिन सञ्चालित आइएसओ ९००१ः२०१५ को गुणस्तर व्यवस्थापन प्रणलीको आन्तरिक गुणस्तर परिक्षणसम्बन्धी तालिममा नेशनल सर्टिफिकेसन एण्ड म्यानेजमेन्ट नेपाल प्रा.लिका अध्यक्ष डा. जनार्दन घिमिरे प्रमुख प्रशिक्षक रहनुभएको थियो भने सोही संस्थाको सम्झना बलामी सह प्रशिक्षक रहनुभएको थियो ।

तालिममा सहभागिहरुलाई आन्तरिक गुणस्तर परिक्षण विधि, कार्यालयको दस्तावेज व्यवस्थापन, जोखिम व्यवस्थापन, कार्यकुशलता सुधार, गुणस्तरीय व्यवस्थापन प्रणाली र यसका आवश्यकता तथा प्रक्रियाहरु, सेवा तथा उत्पादन गुणस्तर सुधारका लागि नेतृत्व क्षमताको विकास, अन्तर्राष्ट्रिय  मापदण्ड अनुरुप कार्यप्रणाली विकासका आधार निर्माण लगायतका विषयमा तालिम केन्द्रित रहेको थियो ।

चितवन उद्योग वाणिज्य संघका उपाध्यक्ष एवम् सचिवालय तथा आइएसओ व्यवस्थापन समितिका संयोजक जनक पौडेलेले चितवन उद्योग वाणिज्य संघले विगत २० वर्ष देखि गुणस्तर व्यवस्थापन अन्तर्राष्ट्रय मापदण्ड पुरा गरी आइएसओ प्रामाणपत्र प्राप्त गरी संघका गतिविधिहरु सञ्चालन गर्दै आईरहेको बताउनुभएको थियो ।

तालिममा चितवन उद्योग वाणिज्य संघ, म्याग्नस फर्माच्यूटिकल्य, अक्सफोर्ड कलेज, नारायणी पव्लिक कलेज, एसवाइ प्यानल, एभरेष्ट कलर, विश्वज्योती स्कुल लगायतका संस्था तथा प्रतिष्ठानहरुबाट गरी १५ जनाको सहभागिता रहेको थियो ।

चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदीको अध्यक्षता एवम् कार्यकारी निर्देशक निलबहादुर के.सीले सञ्चालन गर्नुभएको तालिमको उद्घाटन सत्रमा चितवन उद्याोग वाणिज्य संघको उपाध्यक्ष दोय नारायण प्रधान, जनक पौडेलको सहभागिता रहेको थियो ।

 

Copyright © 2005 - 2026. FNCCI. All Rights Reserved.

Powered by
Feedback Image