Jul 07, 2025
नेपाल जर्मन उद्योग वाणिज्य संघले बेलायतका लगानीकर्तसँग मेट्रोरेल लगानी बारे छलफल

जुलाई ७, २०२५

नेपाल जर्मन उद्योग वाणिज्य संघका अध्यक्ष सन्तोष चन्द्र कुँवरले बेलायत र जर्मनीका लगानीकर्ताहरुसँग वार्ता गरेर नेपालमा मेट्रो रेलमा लगानी परिचालन गर्ने बारे लन्डनमा आयोजित एक कार्यक्रममा बताउनु भएको छ ।

नेपाली राजदूतावास यूके लन्डन र सोसाइटी अफ नेपलिज ईन्जिनियर्स यूकेले संयुक्त रूपमा आयोजित B2B मिटिङमा उक्त कुरा अध्यक्ष कुँवरले बताउनु भएको हो।

नेपालको तर्फबाट उक्त विशेष बैठकमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र नेपाल जर्मन उद्योग वाणिज्य संघका अध्यक्ष सन्तोष चन्द्र कुँवरले भाग लिनु भएको थियो।

सो अवसरमा, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नेपालमा यातायात पूर्वाधारमा धेरै सम्भावना भएको बारे प्रस्ट पार्दै नेपालमा मेट्रो रेलमा लगानी गर्न अनुरोध गर्नु भयो। यसका लागि नेपाल जर्मन उद्योग वाणिज्य संघ साथै यूकेका लगानीकर्ताहरुलाई संयुक्त रूपमा लगानी जुटाई अगाडि बढ्न अनुरोध गर्दै लगानी बोर्डले यसमा पूर्णरुपमा लगानीको सुरक्षाको प्रत्याभूति दिने पनि प्रस्ट पार्नु भयो। उक्त मिटिङमा सीईओ ज्ञवालीले लगानीका प्रावधान बारे प्रष्ट पार्दै नेपालमा अहिले राम्रो लगानीको वातावरण भएको र राम्रो प्रतिफलको पनि सम्भावना रहेको बताउनु भयो।

साथै सोसाइटी अफ नेपालिज ईन्जिनियर्स यूकेका इन्जिनियर सुबोध तिमिल्सिनाले मेट्रो रेलको पूरा खाका साथै आफ्नु अनुभव सुनाउँदै लगानीको प्रसस्थ सम्भावना भएको बताउनु भयो।

त्यसैगरी बेलायतका लागि नेपालका महामहिम राजदुत चन्द्र घिमीरेले नेपालमा मेट्रो रेलमा लगानी गर्ने ठूलो अवसर भएको बताउनु भयो। आयोजकको तर्फबाट बोल्दै उहाँले विभिन्न लगानीकर्ताहरुले लगानी गर्न र यसको प्रतिफल लिन अनुरोध गर्दै नेपालमा व्यवसायिक बाताबरण राम्रो भएको कुरा प्रस्ट पार्नु भयो।
 

Copyright © 2005 - 2026. FNCCI. All Rights Reserved.

Powered by
Feedback Image