Oct 04, 2025

दुई दिन यता निरन्तरको बर्षाका कारण जनजीवन प्रभावित भएको छ । जल तथा मौषम विज्ञान विभागका अनुसार अझै दुइ दिन निरन्तर बर्षाको सम्भावना छ । अविरल बर्षाका कारण राजमार्गहरु अवरुद्ध भएका छन भने आपूर्ति श्रृखला प्रभावित भएको छ । 

यस्तो समयमा उच्च सतर्कताका साथ पेशा व्यवसाय गर्न हुन र आवश्यक सतर्कता अपनाउन हुन महासंघ सदस्य एवं सम्पूर्ण उद्यमी व्यवसायी महानुभावहरुमा आग्रह गर्दछ । 

यस घडिमा सामानको आपूर्तिमा जटिलता भएपनि यथासक्य निरन्तर आपूर्ति गर्न, बजारमा अभाव हुन नदिन र अनधिकृत भण्डारण नगर्न नगराउन महासंघ सम्पूर्ण सदस्यहरुमा हार्दिक अपील पनि गर्दछ । 

यसैगरि जोखिम न्युनिकरण, उद्धार एवं राहतमा पनि सक्दो योगदान पुर्याउन हुन पनि आग्रह गर्दछ ।  
 

Copyright © 2005 - 2025. FNCCI. All Rights Reserved.

Powered by