Sep 02, 2025
नापतौलका यन्त्रहरुको जाँच पास तथा नविकरण

चितवन उद्योग वाणिज्य संघको आयेजनामा गुणस्तर तथा नापतौल क्षेत्रिय कार्यालय विरगञ्जसँग समन्वय गरी उक्त कार्यालयबाट नापतौल तथा नाप्ने , तौल्ने  यन्त्रहरु(लिटर, मिटर, कम्प्युटर तौल, किलो , ग्राम) को जाँच, पास, नविकरण,तथा दर्ता गर्ने काम चितवनमा सम्पन्न भएको छ । गुणस्तर तथा नापतौल क्षेत्रिय कार्यालय विरगंजका निरिक्षक श्रीकान्त चौधरीको नेतृत्वमा आएको एक टोलीले चितवन उद्योग वाणिज्य संघको कार्यक्षेत्र भित्ररहेका बिभिन्न व्यवसायीहरुका यन्त्रहरुका नाप, जाँच तथा दर्ता नविकरण गर्ने कार्य गरेको हो । चितवन उद्योग वाणिज्य संघको परिसरमा मिति २०८२ भदौ १२  गते देखि १७ गते सम्म विहान १० बजे दखी ५ बजे सम्मको समयावधिमा ४३७ जना व्यवसायीहरुले आफ्ना यन्त्रहरुको जाँच पास तथा अनुमती पत्र प्रदान गरेका थिए ।  संघले प्रत्येक बर्ष गुणस्तर तथा नापतौल क्षेत्रिय कार्यालय विरगंज बाट टोली खटाई यस किसिमको सेवा प्रदान गर्दै आइरहेको छ ।

Copyright © 2005 - 2025. FNCCI. All Rights Reserved.

Powered by