Aug 25, 2025
चितवन उद्योग वाणिज्य संघका सदस्यले हस्पिटालिटि एवम् फिटनेश सेवामा छुट पाउने

९ भाद्र, भरतपुर

चितवन उद्योग वाणिज्य संघका सदस्य उद्योगी व्यवसायीले भरतपुर महानगरपालिका वडा नं २ मा रहेको राइनो फिटनेश हव प्रा. लि. र चितवनको सौराहा स्थित सौराहा रोयल टाइगर रिसोर्ट प्रा. लि. मा छुट पाउने भएका छन् । चितवन उद्योग वाणिज्य संघका सदस्यलाई छुट दिने सम्बन्धी राइनो फिटनेश हव प्रा. लि., सौराहा रोयल टाइगर रिसोर्ट प्रा. लि. र चितवन उद्योग वाणिज्य संघ बिच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता पत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा बोल्दै चितवन उद्योग वाणिज्य संघका अध्यक्ष सुमनकुमार श्रेष्ठले संस्थागत उत्तरदायित्व अन्तरगत रहेर संघमा आवद्ध सदस्य व्यवसायीलाई उक्त छुट दिने व्यवस्था गरिएको बताउनु भएको थियो । उहाँले अन्य सेवा उपलब्ध गराउने संस्थाहरुसंग पनि छुट गराउन पहल गरिरहेको बताउनु भएको थियो ।

राइनो फिटनेश हव प्रा. लि. एवम् सौराहा रोयल टाइगर रिसोर्ट प्रा. लि.का अध्यक्ष रामप्रसाद गजुरेलले चितवन उद्योग वाणिज्य संघमा आवद्ध सदस्यलाई सेवा सुविधा दिन पाउँदा खुसी लागेको बताउँदै आगामी दिनहरूमा पनि यस किसिमका छुट उपलब्ध गराउँदै लैजाने बताउनुभयो ।

सहुलियत सुविधा प्राप्त गर्नको लागि चितवन उद्योग वाणिज्य संघमा आवद्ध सदस्यहरूले संघबाट उपलब्ध गराएको सदस्यता परिचयपत्र देखाउनु पर्नेछ र संघको सदस्यता नवीकरण भएका सदस्यहरूले राइनो फिटनेश हव प्रा. लि. मा २० प्रतिशत र सौराहा रोयल टाइगर रिसोर्ट प्रा. लि मा २० प्रतिशत सम्म छुट सुविधा पाउने संघका कार्यकारी निर्देशक निलबहादुर के.सीले जानकारी गराउनु भएको थियो ।

सम्झौता पत्रमा संघको तर्फबाट संघका अध्यक्ष सुमनकुमार श्रेष्ठ, कार्यकारी निर्देशक निलबहादुर के.सीले हस्ताक्षर गर्नुभएको थियो भने राइनो फिटनेश हव प्रा. लि. एवम् सौराहा रोयल टाइगर रिसोर्ट प्रा. लि.का तर्फबाट अध्यक्ष रामप्रसाद गजुरेलले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको थियो ।

यस पूर्वनै सम्झौता पत्रमा हस्तक्षर भई छुट उपलब्ध गराईरहेका व्यवसायिक प्रतिस्ठानहरु एन. पि. आई. नारायणी सामुदायिक हस्पिटल, चितवन मेडिकल कलेज (CMC), कलेज अफ मेडिकल साइन्स (COMS) टिचिङ्ग हस्पिटल, चितवन मुटु हस्पिटल प्रा.लि., निको चिल्डेन हस्पिटल, पुष्पाञ्जली हस्पिटल प्रा. लि. , मौलाकालिका अस्पताल प्रा. लि., भरोसा हस्पिटल चितवन प्रा. लि. चितवन मिड टाउन रिसोर्ट प्रा. लि., ग्यालेक्सी गार्डेन रिसोर्ट प्रा. लि., भरतपुर गार्डेन होटल प्रा. लि.,  अशोका रिसोर्ट प्रा.लि., रोज गार्डेन रिसोर्ट, होटल सिराईचुली, कविलास रिसोर्ट प्रा. लि.  पोखरा स्थित होटल बाराही र गन्तव्य रिसोर्ट, इटहरी स्थित होटल इनटुरिष्ट, मनकामना दर्शन प्रा.लि., मौलाकालिका केवलकार लि. ओपन स्काइ प्यारागलाइडिङ प्रा. लिले पनि संघका सदस्यहरुलाई छुट सुविधा उपलब्ध गराउँदै आएको संघका कार्यक्रम अधिकृत गणेश सुवेदीले जानकारी गराउनुभएको थियो ।

 

Copyright © 2005 - 2025. FNCCI. All Rights Reserved.

Powered by