Jul 13, 2025
नेपाली र जर्मन व्यवसायिक प्रतिनिधिहरू व्यवसाय सम्भावनाहरू बुझ्न हम्बर्गको एयरबसमा

जर्मन एशिया एशिया प्रशान्त व्यवसायिक संघ र नेपाल जर्मन उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा जर्मनीको हाम्बर्गमा लगानीलाई सुदृढीकरण गर्न एयरबस कार्यालयमा विशेष बैठक सम्पन्न गरेको छ ।

अल्मुट रोबनेर, प्रमुख, जर्मन एशिया एशिया प्रशान्त व्यवसायिक संघकाले नेपाली व्यवसायिक प्रतिनिधिहरूलाई थप व्यापार साझेदारीलाई नवीन तरीकाले लानु पर्ने बताउँदै त्यस कार्यक्रममा स्वागत गर्दै बताए । इनेस बुदारिक, दक्षिण एसिया, जर्मन एशियाका लागि क्षेत्रीय प्रबन्धकले नेपाल र जर्मनी दुई देशहरु बीच व्यापारिक कारोबार बढाउनु पर्ने जर्मनीलाई कुरामा जोड दिँदै दुई देश नेपाल र जर्मनी बीच व्यवसाय बढाउन महत्वपूर्ण हुने कुरा ह्याम्बर्गमा बैठकलाई सम्बोधन गर्दै बताउनु भयो ।

नेपाली राजदूतावास जर्मनीका राजदूत महामहिम डा सैल रुपाखेतीको प्रयासमा सम्पन्न कार्यक्रममा उहाँले दुई देश बीच आर्थिक गतिविधि साथै लगानी बढाउनु अत्यावश्यक रहेको बताउनु भयो। 

महामहिम राजदूतले नेपाल जर्मनी उद्योग वाणिज्य संघको संयोजकत्वमा नेपाल र जर्मनी बीच व्यापार तथा लगानी बढाउन पर्ने कुरा बताउनु भएको छ। पर्यटन तथा अन्य क्षेत्रमा धेरै नै लगानीको सम्भावना भएकोले सन्तोष चन्द्र कुवारको अध्यक्षमा संचालित जर्मन उद्योग वाणिज्य संघले धेरै भूमिका खेल्नु पर्ने बताउनु भएको छ । उक्त बैठकमा नेपाली, जर्मन, चिनियाँ, चीन, भारत, पाकिस्तान लगायत अन्य देशका गरी १५० भन्दा बढी व्यवसायीहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा विभिन्न देशका beers हरू राखिएको थियो जसमा नेपालको बारसिंहे बियर उत्कृष्ट भएको थियो । बारसिंहे बियरको तर्फबाट जर्मनी स्थित मुस्कान श्रेष्ठ र रवि केसी उपस्थित भई बियर बारे सम्पूर्ण जानकारी गराएको थियो । त्यसैगरी अन्य सहभागीहरुमा, पर्यटन क्षेत्रबाट भोला थापा, ह्याम्बर्गमा रहनु भएका दावा छिरिङ शेर्पा र बर्लिनका पुराना नेपाली व्यवसायी सञ्जय श्रेष्ठ लगायत व्यवसायीहरुले दुई देश बीचको लगानीको उच्च संभावना भएको र यसलाई उपयोग गर्ने कुरा बताउनु भएको थियो ।

एयरबसका हेलिकप्टर नेपालमा सगरमाथा बेस क्याम्पसम्म उड्न सफल भएकोमा जर्मन लगानीकर्ताहरुले हर्ष व्यक्त गरेका थिए । जर्मनबाट नेपालले हेलिकप्टर आयात गरिरहेको छ । साथै नेपाली ईन्जिनियर्सहरुले राम्रो काम गरिरहेको बारे एयरबस अधिकारीहरूले सन्तोष व्यक्त गरेको छन् ।  नेपालले अन्तर्राष्ट्रिय बोलपत्र गर्दा त्यसलाई झेलेर अगाडि बढ्न धेरै कठिनाई भएको कुरा एनजिसीसीईका अध्यक्षसँग व्यक्त गरिएको बताईएको छ । यसलाई सुधार्न सके दुई देश बीच आर्थिक गतिविधि झन् बढ्ने जर्मन लगानीकर्ताहरु बताउँछन् ।

आगामी दिनमा नेपाल जर्मनी उद्योग वाणिज्य संघका अध्यक्ष ले B2B मिटिंग साथै दुई देश बीचको अन्य डेलिगेसनलाई प्रभावकारी रुपमा अघि बढाउन सके दुई देशको लगानीमा ठूलो टेवा पुग्ने कुरा जर्मनका लागि नेपाली राजदूत महामहिम डा सैल रुपाखेती ले बताउनु भएको छ । 

 

Copyright © 2005 - 2025. FNCCI. All Rights Reserved.

Powered by