May 10, 2025
नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलामा शनिवार उल्लेख्य दर्शक सहभागिता - उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री तथा महासंघका अध्यक्षद्धारा मेला अवलोकन (२०८२/०१/२७)

काठमाडौंको भुकृटीमण्डपमा शुरु भएको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२५ मा शनिवार उल्लेख्य दर्शकले मेला अवलोकन गरेका छन् । शनिवार उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारी तथा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पनि मेला अवलोकन गर्नु भएको थियो ।  



नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय/ व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र (टीइपीसी) को सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघको आयोजना एवं ललितपुर उद्योग वाणिज्य संघ र घरेलु तथा साना उद्योग महासंघको सहआयोजनामा सुरु भएको मेलाको वैशाख २५ गतेबाट मन्त्री भण्डारीले नै उद्घाटन गर्नु भएको थियो । 

विभिन्न स्टलहरुको अवलोकन गर्दै मन्त्री भण्डारीले नेपाली उद्योगी व्यवसायीहरुलाई उत्पादनको प्रवद्र्धन तथा बजारिकरणमा मेला सहयोगी देखिएको प्रतिक्रिया दिनुभयो । मन्त्री भण्डारीले स्वदेश ितथा विदेशी स्टलहरुमा पुगी वस्तुको उत्पादन तथा बजारको बारेमा व्यवसायीहरको प्रतिक्रिया लिनुभएको थियो । 



यस्तै महासंघका अध्यक्ष ढकालले पनि मेला अवलोकन गर्दै मेलामा नेपाली स्वदेशी तथा विदेशी वस्तुहरुको खरिदमा दर्शकहरुको  चासो देखिएको बताउनु भयो । 

नेपाल, चीन  र बंगलादेशका गरि १२० बढि स्टल रहेको मेलामा विभिन्न देशका व्यापारिक प्रतिनिधिहरूसँग भेटघाट र छलफलले द्विपक्षीय व्यापार र लगानीका अवसरहरूका बारेमा पनि छलफल भएको छ । महासंघले वार्षिक क्यालेन्डर कायृक्रमका रुपमा आयोजना गरिएको मेला वैशाख २९ गतेसम्म चल्नेछ ।

 

Copyright © 2005 - 2025. FNCCI. All Rights Reserved.

Powered by