Apr 11, 2025
निजी क्षेत्रलाई सरकारले साक्षीको रूपमा मात्र होइन सहयात्रीको रूपमा हेर्नुपर्छ, : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ (२०८१/१२/२८)

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले निजी क्षेत्रलाई सरकारले साक्षीको रूपमा मात्र नभई सहयात्रीको रूपमा हेर्नुपर्ने बताउनु भएको छ । महासंघको ५९ औं वार्षिक साधारण सभाको अवसरमा बोल्दै उहाँले निजी क्षेत्रको सरकारप्रतिको विश्वास बलियो बनाउन धेरै काम गर्न बाँकी रहेको समेत बताउनु भयो ।

सरकारले अध्यादेशमार्फत गरेको सुधार र लगानी सम्मेलनका प्रयासहरूले निजी क्षेत्रलाई आशावादी बनाएपनि विगतको अनुभव र कार्यान्वयनमा देखिएको ढिलासुस्ती र नीतिगत अस्थरिताले विश्वास कमजोर बनाएको उहाँको धारणा थियो । 

“हामीलाई विश्वासिलो वातावरण चाहिएको छ, जहाँ नीति स्पष्ट होस्, प्रशासन चुस्त होस्, र निजी क्षेत्रलाई संरक्षण र सम्मान दिइयोस् ।  सरकारले हामीलाई “नाफाखोर” होइन, अर्थतन्त्रको मेरुदण्ड मानेर सहकार्य गर्नुपर्छ ।  हामीले पनि सरकारलाई सहयोगी ठानी रचनात्मक सुझाव र लगानीको प्रतबिद्धता दिनुपर्छ । यो वश्विासको आधारले मात्र हामी मुलुकको आर्थकि समृद्धी हासिल गर्न सक्छौँ ।” उहाँले भन्नु भयो ।  

पूर्वाधारको अभाव, ऊर्जाको गुणस्तर र उपलब्धतामा नीतिगत अस्पष्टता र कार्यान्वयनको कमजोरीले निजी क्षेत्रलाई  हैरान बनाएको उल्लेख गर्दै उहाँले बनेका नीति नियमको प्रभावकारी कार्यान्वयन, प्रशासनिक ढिलासुस्तीको अन्त्य आवश्यक भएको बताउनु भयो । 

ऋणको सिमित पहुँचले साना तथा मझौला उद्योगहरूलाई संकटमा पारेको र यी समस्याहरूले उत्पादकत्व र प्रतस्पिर्धात्मकता घटाएकोले यस तर्फ ध्यान दिनु पर्ने उहाँको जोड थियो ।

उहाँले नेपालको आथिक समृद्धकिो मेरुदण्डका रूपमा रहेका घरेलु साना तथा मझौला उद्योगहरूको संरक्षण र विकासका लागी स्थानीय उत्पादनको प्रयोगलाई केवल नारामा सिमित नराखी व्यवहारिक रणनीतिक अभियानका रूपमा अघी बढाउनु अपरहिार्य रहेको बताउनु भयो । 

यस्तै स्थानीय कच्चा पदार्थमा आधारति उद्योगहरूको विस्तारले प्राकृतिक स्रोतको दिगो उपयोग सुनिश्चित गर्नुका साथै विदेशी आयातको परनर्भिरतालाई क्रमशः न्यूनीकरण गरी व्यापार घाटा कम गर्न सघाउने उहाँको धारणा थियो । 

विश्व परिदृश्यले पनि नेपाललाई नयाँ चुनौती र अवसर दिएको उल्लेख गर्दै अमेरिकाको नयाँ नीती र भन्सारदरले नेपालले तुलनात्मक लाभ लिन सक्ने बताउनु भयो । 

महासंघको निमन्त्रणालाई स्वीकार गर्नु भई पाल्नु भएका प्रधानमन्त्री, मन्त्रीहरु  कुटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधी एवम उद्योगी व्यसायीहरुलाई धन्यवाद ज्ञापन गर्दै उहाँले सबैको सकारात्मक सोंच, सहयोग र सहकार्यबाटै समुन्नत देश निर्माण  गर्न सकिने धारणा राख्नु भयो ।

 

Copyright © 2005 - 2025. FNCCI. All Rights Reserved.

Powered by