Mar 23, 2025
पर्वत उद्योग वाणिज्य संघको वार्षिक साधारण सभा सम्पन्न
२०८१ चैत्र ९ गते

पर्वत उद्योग वाणिज्य संघको ४२ औ वार्षिक साधारण सभा अध्यक्ष ठाकुर वि पौडेलको अध्यक्षतामा प्रमुख अतिथि गण्डकी प्रदेश सरकारका माननीय पर्यटन तथा उद्योग मन्त्री मित्रलाल वस्यालको प्रमुख आतिथ्यतामा उद्योग वाणिज्य संघका कार्यसमिति पूर्वअध्यक्ष सल्लाहकार आजिवन तथा साधारण सदस्य उद्योगी व्यवसायीहरूको उपस्थितिमा सम्पन्न भएको छ ।

साघारण सभाका अवसरमा पर्यटन तथा स्थानीय उत्पादन प्रवर्द्धन गर्न पर्वतका पर्यटकिय स्थलको फोटो प्रदर्शनी र स्थानीय लप्सी परिकारहरू लप्सी खाद्य परिकारहरु, केन्डी, जाम, अचारहरुको विक्री कक्षको समेत व्यवस्थापन  गरिएको थियो ।
 

Copyright © 2005 - 2025. FNCCI. All Rights Reserved.

Powered by