Sep 25, 2024

कावासोती

कावासोती नगरपालिकाले विधानमा उल्लेखीत उदेश्य विपरितका संघ संस्थालाई मेला सञ्चालनको लागि दिएको अनुमति दिएकोमा नवलपुर उद्योग बाणिज्य संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नवलपुर उद्योग बाणिज्य संघका अध्यक्ष बैकुण्ठ प्रसाद अर्यालद्वारा जारी बिज्ञप्तीमा कावासोती नगरपालिका र नवलपुर उद्योग बाणिज्य संघ बिच पटक पटक छलफल भएको र यही भाद्र २६ गते प्रमुख प्रशासकिय अधिकृतलाई ध्यानाकर्षण पत्र बुझाउँदा पनि बेवास्ता गर्दै आयोजक संस्थाको विधानको उद्देश्य विपरित पालिका भित्र मेला/महोत्सव सञ्चालन गर्न अनुमति  दिएकोमा नवलपुर उद्योग बाणिज्य संघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

विज्ञप्तिमा यस अघि पनि नगरपालिकाले अन्य संघ/संस्थालाईहरु मेला/महोत्सव सञ्चालन गर्न सिफारीस दिएको समेत स्मराण गराएको छ  । तर स्थानिय कला, संस्कृति, उत्पादनका लागि भने उद्योग बाणिज्य संघले अपनत्व लिदै केही दिनका लागि सहकार्य गर्न सकिने समेत जनाएको छ । त्यस्ता कार्यक्रम आयोजना गर्दा बहुराष्ट्रिय, राष्ट्रिय फर्महरु र बाल उद्यान भने संचालन गर्न दिन नसकिने विज्ञप्ती मार्फत जनाएको छ । पर्यटन तथा उद्योग कार्यालय तथा  कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएका व्यवसायिक फर्महरूले मेला, महोत्सव सञ्चालन गर्न नपाईने व्यवस्था रहेको जानकारी गराएको छ ।  

बिज्ञप्तीमा स्थानिय व्यावसायिक प्रवर्द्धनका लागि आफ्नो कार्यक्षेत्र भित्र रहेका बस्तुगत संघहरुलाई चाडपर्व लक्षित कार्यक्रमहरु मोबाईल मेला, सडक खाना महोत्सव, सांस्कृतिक कार्यक्रम, खेलकुद महोत्सव आग्रह पनि गरेको छ ।

नवलपुर उद्योग बाणिज्य संघ र कावासोती नगरपालिका बिच यस अघि भएका लिखित/अलिखित सहमति कार्यान्वयन गर्न  पालिकालाई स्मरणका साथ अनुरोध गरेको छ ।


 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by