Sep 24, 2024
लगानी विस्तारले रोजगारी वृद्धि र सुरक्षा प्रदान गर्छः ढकाल (२०८१/६/८)

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले स्वदेशी एवं विदेशी लगानी बढ्दै जाँदा रोजगारी बढ़ने र श्रमिक सुरक्षा पनि प्रत्याभूति हुने बताएका छन् ।  

मंगलबार थाइल्याण्डको बैंककमा आयाजित व्यवसाय र मानव अधिकार बिषयक छलफल कार्यक्रममा अध्यक्ष ढकालले उक्त कुरा बताउनुभएको हो । उत्पादन र उत्पादकत्वमा हुँदै जाने वृद्धिले लगानीकर्ता र श्रमिकको हक सुरक्षण गर्ने वातावरण निर्माण हुने वताउनुभयो । 

यसैगरि, साना तथा मझौला उद्यमीलाई फस्टाउने अवसर प्रदान नगरि सबै क्षेत्र अगाडि बढन नसक्ने पनि उहाँले वताउनुभयो । साना उद्यमीको अधिकारको बिषयमा पनि सरकार र बिकास साझेदारले ध्यान दिनुपर्नेमा उहाँको जोड थियो । 

यसैगरि अनौपचारिक क्षेत्र र त्यहाँ कार्यरत श्रमिकको औपचारिकीकरणका लागि पनि सबै क्षेत्र मिलेर काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । अध्यक्ष ढकालले औपचारिकीकरणका लागि रणनीति बनिरहेको जानकारी गराउँदै दिगो आर्थिक बिकासका लागि सबैले पहल गर्नुपर्ने वताउनुभयो । 

साथै अध्यक्ष ढकालले मानव अधिकारका विषयमा महासंघ संवेदनशील रहेको र जिम्मेवार व्यावसायिक अभ्यासलाई प्रोत्साहित गरेर लगानी आकर्षित गर्न इच्छुक रहेको पनि बताउनुभयो । 

साथै, उहाँले नेपालले हालै लगानी सम्बन्धी आठ वटा कानुनहरू परिमार्जन भएको र लगानी वातावरण सुधार गर्न द्विपक्षीय लगानी सम्झौता ढाँचा अनुमोदन भएको समेत जानकारी दिदैं लगानीको वातावरण निरन्तर सुधार भैरहेको समेत बताउनुभयो । उहाँले लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न आग्रह गर्नुभयो । 


Investment expansion boosts job creation and security: Dhakal

Chandra Prasad Dhakal, President of the Federation of Nepalese Chambers of Commerce and Industry (FNCCI), has stated that as domestic and foreign investment increases, job creation and labour security will also be guaranteed.

Speaking at a business and human rights discussion programme held in Bangkok, Thailand on Tuesday, President Dhakal said that the increasing growth in production and productivity will create an environment that protects the rights of both investors and workers.

Similarly, he stated that all sectors cannot move forward without providing opportunities for small and medium-sized entrepreneurs to thrive. He emphasised that the government and development partners should pay attention to the rights of small entrepreneurs.

Likewise, he emphasised that all sectors should work together to formalise the informal sector and the workers employed there. Informing that a strategy is being developed for formalisation, President Dhakal stated that everyone should take the initiative for sustainable economic development.

President Dhakal also stated that the FNCCI is sensitive to human rights issues and is willing to attract investment by encouraging responsible business practices.

Furthermore, he informed that Nepal has recently amended eight laws related to investment and approved a bilateral investment treaty framework to improve the investment environment, adding that the investment environment is continuously improving. He urged investors to invest in Nepal.

 

Copyright © 2005 - 2025. FNCCI. All Rights Reserved.

Powered by